भैरहवा, फागुन ९ । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको मिति नजिकिँदै गर्दा रुपन्देही क्षेत्र नं. ३ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का तर्फबाट उम्मेदवार बन्नुभएका वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाको पक्षमा जनलहर बढ्दै गएपछि यस क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।
विशेषगरी स्वास्थ्य क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका डा. थापाले अब संसद्मा पुगेर नीतिगत सुधार र देशको समृद्धिका लागि नेतृत्व गर्नुपर्ने आवाज यतिबेला रुपन्देहीका बस्ती-बस्तीमा सुनिन थालेको छ।
चुनावी अभियान अन्तर्गत शुक्रबार डा. थापाको टोली शुद्धोधन गाउँपालिका पुगेको थियो। घरदैलोका क्रममा स्थानीय मतदाताहरूले पुरानो राजनीतिक नेतृत्वको विकल्प खोजिरहेको र डा. थापाजस्तो प्राज्ञिक व्यक्तित्वलाई संसदमा देख्न चाहेको बताएका छन ।
शुद्धोधन–४ निवासी शोभा कुमारी आलेले विगतमा सही नेता छान्न नसक्दा देशले दुःख पाएको बताउँदै अब परिवर्तनको समय आएको उल्लेख गरिन । उनले भनिन
हिजोका दिनमा हामीले नेता चुन्न नजान्दा देश यो अवस्थामा पुग्यो। तर अब यो विषम परिस्थितिमा हामीले राम्रो र सक्षम नेता छान्न ढिला गर्नु हुँदैन। डा. लेखजंग थापा स्वास्थ्य सेवामा मात्र होइन, अब देशकै उपचारमा लाग्नुहुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ।
पेशाले स्वास्थ्यकर्मी रहेका शुद्धोधन–७ का दिवेश चौधरीले स्वास्थ्य क्षेत्रका विकृति हटाउन र संसद्मा विज्ञको आवाज पुर्याउन डा. थापाको जित अनिवार्य रहेको तर्क गरे। उहाँ नयाँ जोस र जाँगर बोकेको युवा प्रतिनिधि हुनुहुन्छ। स्वास्थ्य क्षेत्रका समस्या र जनताका मागलाई नजिकबाट बुझ्नुभएको उहाँको उपस्थितिले संसदमा ठूलो अर्थ राख्छ, चौधरीले थपे।
जान्नेलाई छान्नेु नारासहित चुनावी मैदानमा उत्रिएका डा. थापाले मुख्य गरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक झन्झटको अन्त्य र युवालाइ स्थानीय स्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्नेआफ्नो चुनावी एजेण्डा बनाएका छन ।
पुराना दलहरूको कार्यशैलीप्रति असन्तुष्ट मतदाताहरूका लागि डा.थापा यतिबेला एक भरपर्दो भरोसाका रूपमा उदाएका छन। फागुन २१ को निर्वाचनले रुपन्देही–३ मा नयाँ र सुझबुझपूर्ण नेतृत्व स्थापित गर्नेमा यहाँका बासिन्दा निकै आशावादी देखिएका छन ।
February 27, 2026