रुपन्देहीमा निजी क्षेत्रकाे लगानी बढ्दै

खबर नागरिक

रुपन्देहीमा निजी क्षेत्रले ठूलाे लगानी गरेका छन । यहाँ होटल, अत्याधुनिक अस्पताल र अमेरिकामा फ्रेन्च फ्राइज निर्यात गर्ने ठूलो उद्योग स्थापना भएसँगै स्वास्थ्य, पर्यटन तथा उद्योगको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ। यसले लगानी, उपलब्धि र आशाको नयाँ अध्याय जिल्लामा सुरु भएको सन्देश दिएको छ। औद्योगिक, व्यापारिक, शैक्षिक, पर्यटकीय र पूर्वाधार विकासमा अब्बल रुपन्देही हरेक सम्भावना बोकेको जिल्ला हो।

रुपन्देहीमा ३ अर्बको लगानीमा अत्याधुनिक सुविधासहितको एड्भान्स इन्टरनेसनल अस्पताल भैरहवामा सञ्चालनको अन्तिम तयारीमा छ। बुटवलमा भर्खरै ३ अर्ब ५० करोडकै लागतमा पाँचतारे होटल हायात प्यालेस सञ्चालनमा आएको छ।

त्यस्तै, २ अर्बको लागतमा रुपन्देहीको शुद्धोधन गाउँपालिकामा फर्स्ट च्वाइस फुड्स उद्योग स्थापना भएसँगै यसले अमेरिकामा फ्रेन्च फ्राइज निर्यात गर्न सुरु गरेको छ।

‘यी तीनवटा ठूला लगानीका व्यावसायिक प्रतिष्ठानका कारण रुपन्देहीमा हरेक सम्भावना छ भन्ने सन्देश गएको छ’, प्रदेश योजना आयोग, लुम्बिनीका पूर्व उपाध्यक्ष डा। ईश्वर गौतमले बताए।

रुपन्देही भारतसँग सिमाना जोडिएको जिल्ला हो। यहाँ उत्पादन भएका वस्तुहरू बजारसम्म पठाउन र उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयातमा हुने सहजता मात्र होइन, व्यवसायीको लगानी सुरक्षित हुने भएकाले पनि उद्योगीहरू यहाँ लगानी गर्न तयार भएका छन्।

जसका कारण जिल्लामा नयाँ(नयाँ रोजगारी सिर्जना भइरहेको छ। त्यति मात्र हैन, औद्योगिक पहिचानलाई विश्वसामु चिनाउने काम पनि भएको छ।

रुपन्देहीको बेलहिया नाका भारतले लगाएको नाकाबन्दी र मधेशका ठूला आन्दोलनमा पनि खासै प्रभावित भएन। प्रमुख नाका वीरगन्ज लामो समय ठप्प बनेपछि त्यहाँको आयात विस्थापित भएर यहाँबाट हुन थाल्यो।

भारतीय नाकाबन्दी अनि तराईका आन्दोलनले पनि यस नाकामा प्रभाव नपारेपछि पर्यटन र उद्योगमा स्वदेशी र विदेशी लगानीकर्ता रुपन्देहीमा आकर्षित बनेका हुन्।

‘रुपन्देहीमा ठूला लगानीका प्रतिष्ठानहरू सञ्चालनमा आउँदा यहाँ लगानीको वातावरण छ भन्ने सन्देश दिएको छ। यसले बहुराष्ट्रिय कम्पनीहरूलाई समेत रुपन्देहीमा लगानी गर्दा सुरक्षित र भरपर्दो हुन्छ भन्ने लाग्न सक्छ। यो जिल्लाका लागि मात्र नभई नेपालकै लागि राम्रो हो’, डा। गौतमले भने।

उनले सबैतिर नैराश्यता छाएको बेला उद्योगी, व्यवसायीले गरेको आँटप्रति सबैले साथ दिनुपर्ने बताए।

‘यसले निजी क्षेत्रमा अझै साहस छ भन्ने देखाउँछ। यस्ता उद्योग(व्यवसाय बढे भने सिंगो रुपन्देही जिल्ला नै आर्थिक सहर बन्नेछ’, उनले भने।

उनले अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल सम्मेलन केन्द्र, बुटवल(बेलहिया सडक निर्माणजस्ता विकाससँगै पर्यटन र निर्यातजन्य उद्योग स्थापना हुनु सुखद रहेको भन्दै यसले आर्थिक रूपान्तरण गर्ने बताए।

पछिल्लो समय भैरहवा, लुम्बिनी, बुटवलमा तीव्र गतिमा पर्यटन तथा औद्योगिक पूर्वाधार निर्माण हुनुका साथै लगानीमैत्री वातावरण बनिरहेकाले पनि उद्योगीहरू लगानी गर्न हौसिएका छन्। भारतसँगको आयात(निर्यातका लागि सहज र नजिकको दूरी भएका कारण जिल्लामा लगानी गर्नेहरूको संख्या बढेको छ।

डेढ दशकअघिसम्म दिउँसै ‘स्याल कराउने’ सुनसान भैरहवा(लुम्बिनी सडक क्षेत्र अहिले औद्योगिक करिडोरमा परिणत भएको छ। यहाँ मात्रै ५० भन्दा बढी साना, ठूला उद्योगहरू छन्।

गत वर्ष मात्र रूपन्देहीमा साढे ५ अर्ब लगानी भित्रिएको तथ्यांक घरेलु तथा साना उद्योग कार्यालयको छ। जिल्लामा साना तथा मझौला उद्योग खुल्ने क्रम बढेपछि गत आर्थिक वर्ष ९२०७९र८०० मा ५ अर्ब ४७ करोड २६ लाख ३३ हजार २४ रुपैयाँ लगानी थप भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा कुल १ हजार १ सय ६३ वटा नयाँ उद्योग दर्ता भएका छन्। ती उद्योगबाट कुल ३ हजार ९ सय २१ जनालाई रोजगारी मिलेको तथ्यांकमा उल्लेख छ। यसरी नयाँ लगानी थपिनु र रोजगारीको अवसर सिर्जना हुनुले जिल्लाको समग्र विकासमा टेवा पुगेको छ।

प्रतिक्रिया