सामूहिक खेल महोत्सव सुरु

खबर नागरिक

‘सामूहिक खेलकुद महोत्सव–२०८२’  अन्तर्गत एथलेटिक्स तर्फका विभिन्न खेलकुद शनिवारदेखि सुरु भएको छ । भैरहवा र आसपास क्षेत्रमा संचालित निजी विद्यालयहरुको छाता संगठन सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा मंसिर १९ गतेदेखि ‘सामूहिक खेलकुद महोत्सव–२०८२’ सुरु भएको हो ।

महोत्सवको पहिलो चरणमा छात्रा र छात्रतर्फका क्रिकेट र भलिवल प्रतियोगिता सम्पन्न भैसकेका छन् । एथलेटिक्स तर्फका खेल पक्लिहवास्थित पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा सञ्चालित छन् ।

पहिलो दिन छात्र र छात्रा दुवैतर्फ कक्षा १, २ ३ का सवजुनियर समुह र ४, ५ ६ को जुनियर, कक्षा ७, ८ ९ १० को सिनियर १ सय गुणा ४ रिले दौड प्रतियोगिाता र सटपुट खेल सम्पन्न भएका छन् ।

अधिकाँश खेलमा मनकामना इग्लिस हाइस्कुलले अधिपत्य जमाएको छ ।  १ सय गुणा ४ रिले दौडमा सवजुनियर समुह छात्रतर्फ प्रथम मनकामना इग्लिस हाइस्कुल, दोस्रोमा श्री सतियामाइ इग्लिस बोर्डिङ स्कुल र लुम्बिनी सिर्जना इग्लिस बोर्डिङ स्कुल तेस्रो भएका छन् । येही समुहको छात्रातर्फ प्रथम मनकामना, दोस्रो इभरग्रिन इग्लिस बोर्डिङ स्कुल र तेस्रो नमुना इग्लिस बोर्डिङ स्कुल भएका छन् ।

जुनियर समुहको छात्रतर्फ प्रथम मनकामना, दोस्रोमा एभरेष्ट मोर्डन इग्लिस बोर्डिङ स्कुल र तेस्रोमा इभरग्रिन इग्लिस बोर्डिङ स्कुल भएका छन् । छात्रातर्फ, इभरग्रिन प्रथम, मनकामना दोस्रो र नमुना इग्लिस बोर्डिङ स्कुल तेस्रो भएका छन् । सिनियर समुहको छात्रतर्फ मिनर्वा इग्लिस बोर्डिङ स्कुल प्रथम, नेपाल नालन्दा आवासिय उच्च मावि दोस्रो र नमुना तेस्रो भएका छन् । छात्रातर्फ मनकामना प्रथम, इभरग्रिन दोस्रो र लर्ड गौतम बुद्ध इग्लिस बोर्डिङ स्कुल तेस्रो भएका छन् ।

सटपुटमा छात्रातर्फ प्रथम नेपाल नालन्दा, दोस्रो संजिवनी इग्लिस बोर्डिङ स्कुल र तेस्रो स्पागंल इग्लिस बोर्डिङ स्कुल भएका छन् । आइतवार तिनवटै समुहको छात्र र छात्रा दुवैतर्फ सिंग्गल ५०, १ सय, २ सय, ४ सय र ८ सय मिटरको दौड प्रतियोगिता, लङजम्प र छात्रातर्फको सटपुटको खेल हुने जानकारी सामुहिक बिद्यालय परिवार रुपन्देहीका सचिव कमल कोइरालाले दिए ।

यसअघि एथलेटिक्स तर्फका खेलकुद प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे र सिद्धार्थनगरका नगरप्रमुख तथा संविधान सभा सदस्य इश्तियाक अहमद खाँले संयुक्त रुपमा गरेका थिए ।

मन्त्री पाण्डेले नेपालको आर्थिक समृद्धि पर्यटन र खेलकुदको माध्यमबाट हुने बताए । जमिनको व्यवस्थापन गरेमा खेलमैदान र भैरहवामा औद्योगिक तथा व्यापारिक महोत्सवलाई स्थायी मण्डप बनाउन बजेट उपलब्ध गराउँन आँफु तयार रहेको बताए । काठमाडौंमा सम्पन्न एनपीएलमा प्रथम भएको लुम्बिनीलाई प्रथम भएमा ११ लाख रुपैया नगद उपलब्ध गराउने घोषणा उनले अग्रिम गरेका थिए ।

सिद्धार्थनगरका नगरप्रमुख इश्तियाक अहमद खाँले सिद्धार्थनगर–३ मा रहेको खेल मैदानलाई नगरपालिकाले व्यवस्थित बनाएर अर्को बर्षदेखि खेल सञ्चालनकालागि मैदानको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया