पत्रकार दिलीप भट्टराईको निधन

खबर नागरिक

भैरहवा । पुराना पत्रकार दिलीप भट्टराईको निधन भएको छ । उपचाररत भट्टराईको बिहीबार साझ निधन भएको हो । केहिदिन अगाडि मात्रै ब्रेन ह्याम्रेज भई अस्पताल पुग्नु भएका भट्टराईको उपचारका क्रममा ८२ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । 

सिद्धार्थनगर –८ रवि पथमा बस्दै आएका उनी लामो समयदेखि पत्रकारितामा सक्रिय भट्टराई पछिल्लो समय सामाजिक क्षेत्रमा अग्रसर थिए । उनले अहिले क्यान्सर रोगका बिरुद्ध बिभिन्न अभियान चलाउदै आएका थिए । उनी दर्जनौ संघसंस्थामा आबद्ध छन । 

काठमाण्डौमा निधन भएको उनको पार्थिव शरीर शुक्रबार भैरहवा ल्याइने पारिवारिक स्रोतले जानकारी दिएको छ । 


प्रतिक्रिया