माइतीघरमा प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

खबर नागरिक

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘जेनजीको माग चुनाव होइन सुशासन’ भन्दै  मिराज ढुंगानासहित रविकिरण हमाल, निकोलस भुसाल लगायत प्रदर्शनमा उत्रिएका थिए  । प्रदर्शनमा सहभागीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग  उनीहरुको छ ।

यसअघि मिराज ढुंगानासहितका युवाहरुले माइतीघर क्षेत्रमा प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति मागेका थिए । तर प्रशासनले प्रदर्शनको अनुमति दिएको थिएन । अनुमति विना प्रदर्शन थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिएपछि आक्रोशित समूहले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेको छ ।

प्रदर्शनलाई लक्षित गरी माइतीघर क्षेत्र वरपर प्रहरीको तैनाथी बढाइएको छ । मिडियाकर्मीको पनि उल्लेख्य उपस्थिति छ ।

प्रतिक्रिया