मतदाताको अपेक्षा ठूलो छैन, सरकारको दायित्व पुरा गर्ने हो ढेड वर्षमा पुरा हुन्छः डा लेखजङ्ग थापा

खबर नागरिक

भैरहवा । निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेक डा. लेखजङ्ग थापा पनि घरदैलो अभियानको क्रममा ३६ वटै वडा घुमिसकेकोले जनतामा उत्साह पाएको बताएका छन । उनले बिभिन्न टोलबस्तीमा पुगेर मतदातासँग आफ्ना योजना बताउदै मत मागिरहेका छन ।

‘मतदातालाई भेट्दा रेस्पोन्स दिइरहेका छन । ९० प्रतिशत बढिले रुचाएको पाएका छौ हामी प्रति ठूलो आसा मतदाताले राखेको पाएका छौ ।’ मतदाताको आसा साधारण माग नै छ, ठूलो अपेक्षा उहाहरुले हामीसँग गर्नुभएको छैन । राज्यले चाहेकामा सजिलै पुरा गर्न सकिने माग पनि वर्षौ देखि मागिरहेकता पनि अझै सम्म नपाउनु दुखको रहेको उनको भनाई छ । 

कृषि, मालखाद, रोजगारी, बाटोघाटो, शिक्षा, स्वास्थ्यका आधारभूत कुराहरु मात्रै जनताको अपेक्षा रहेको पाएका छौ । यो सरकारको दायित्व नै हो, सरकारले गर्नैपर्ने मध्येको चिज भएपनि हुन नसकेपछि अहिले पनि उही माग रहेको पाएका छौ । हामी सरकारमा आए कटिबद्ध भएर गर्ने बताए, जस्का लागि हामीले करार पत्र पनि सार्वजनिक गरेको थापाले भने । 

थापाले आफू विकास, पारदर्शिता र जवाफदेहिताको एजेन्डा लिएर मैदानमा उत्रिएको बताउदै आएका छन । उनले आफ्नो पहिलो एजेण्डा सुशासन भएको बताउदै त्यसपछि क्रमिक बिकासमा लाग्ने बताए ।

‘जति सक्दो चाडो यो हामीले पु¥याएर छाड्छौ यो नै हाम्रो प्रतिबद्धता हो । हामी काम गर्छौ र कसरी हुन्छ गराएर छाड्ने पार्टीकै उद्देश्य छ । समग्रमा रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताले दिएको रेस्पोन्सले हेर्दा दुईतिहाई हामीले पाउने विश्वास छ ।’ उनले भने ‘हामीसँग ठूलो टिम छ, १५ वर्षदेखि समाजसेवा यही क्षेत्रबाट स्वास्थ्यमा दिइरहेको छु, घरदैलोमा जादा उहाँहरुसँगको भेटले आत्मियता जोडकोले सकारात्मक उर्जा पाएका छौ ।’ 

५ वर्ष राजनितिलाई पेशा गराउन खोजेको हैन, समाजसेवाको रुपमा लान खोजेको मेरो प्रतिज्ञा हो थापाले भने । ‘सबै टिमले मतदाताको मागलाई सहजै पुरा गर्न सक्छ । एकैदिन सबै समस्या समाधान हुदैन तर कतिपय समस्या स्थानीय स्तरबाटै  समाधान हुन्छ भने केही प्रदेश र बाकी केन्द्रबाट पुरा गर्न सकिन्छ, केही नितिगत कठिनाईलाई संशोधन र सुधार गरेर हामी अगाडि बढ्ने योजना छ । ’

तहगत टिमले समस्या पहिचान गरि समाधन गर्न रोडम्याप नै बनाएर हामी चुनावमा होमिएका छौ । ७०–८० प्रतिशत समाधान त स्थानीय स्तरबाटै हुन्छ । मतदातालाई रियलमा महसुस हुने कुरा यही नै गर्न सकिन्छ त्यही भएर एक ढेड वर्षमा गर्न सकिन्छ भनेको थापाको भनाई छ । 

मतदाताले पुराना दलप्रति बढ्दो निराशाबीच वैकल्पिक शक्तिलाई अवसर दिन चाहेको, जनताको भावना अनुसार काम गर्ने व्यक्तिलाई अहिलेको निर्वाचनमा बिजयी बनाउने प्रतिक्रिया दिएका छन । महिला समूहले सुरक्षित मातृत्व सेवा, सीपमूलक तालिम र साना उद्यम प्रवद्र्धनमा जोड दिन आग्रह गरेका छन । 

‘हर घरमा स्वास्थ्य दिनका लागि वडा स्तरको आधारभूत अस्पताल देखि नै राम्रो बनाएर हब ईन्सपोप मोडेलमा केन्द्र सम्म लैजाने योजना छ । पहिलो प्राथमिकता नै समग्र स्वास्थ्यमै सुधार गर्नु छ ।’ उनले भने सबै उम्मेदवारको सोच नै देश बनाउने हो, तरिका फरक होला तर सबैले इमान्दारिपुर्वक राजनितिलाई सुद्धता दिएर अगाडि बढ्न सबै उम्मेदवारलाई आग्रह गरे । ठूलो मौका परिवर्तनको लागि आएकोले मिलेर देश बनाउनु पर्छ सबै उम्मेदवारलाई शुभकामना समेत थापाले दिए । 

रास्वपाका प्रत्यक्ष तर्फका उम्मेदवार थापा सहित समानुपातिक उम्मेदवारहरु ज्ञानु पौडेल तथा पुनमकुमारी अग्रवाल सहित पार्टीका नेता तथा कार्यकर्ताहरुको साथ रहेको छ ।


प्रतिक्रिया