जिल्ला प्रशासन अगाडि लघुवित्तिय संस्था विरुद्धको प्रदर्शन

खबर नागरिक

भैरहवा । लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै भैरहवामा पीडितहरुले उनीहरु विरुद्ध प्रदर्शन गरेका छन् । लघु वित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालले आइतबार जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडि संयुक्त विरोध प्रदर्शन गरेको हो । 

लघुवित्त पिडित संघर्ष समितिका जिल्ला अध्यक्ष अम्बिका देवानले लघु वित्तीय संस्था खारेज गर्नुपर्ने, लघुवित्तीय संस्थाहरु द्वारा लगाइएको सामुहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानहरुलाई नि शुल्क ऋण प्रदान गर्न माग रहेको बताइन । 

किसान मजदुर आन्दोलनको केन्द्रिय सचिवालय सदस्य उमेश कोरीले आज देशभरिका प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताए । मिटर व्याजको समस्या हाल सम्म कहीबाट नभएकोले विभिन्न माग राख्दै हामीले विरोध प्रदर्शन गरिरहेको छौ । सरकारले कानुन बनाएर निवदेन दार्ता र छलफलबाट समस्या समाधानको लागि प्रक्रिया बनेपनि पिडिलाई न्यायको लागि आश्वासन मात्रै रहेको बताए । अहिले सम्म पिडितलाई अलमलाउने काम मात्रै भएको र न्याय कतै नपाएकोले विरोध प्रदर्शन गरिरहेकाो बताए । 

मिटर व्याज पिडितहरुले सावाकोे कति गुना बढि पैसा दिदा पनि साहुहरुले बक्यौता कहिले न घटाउने भएकोले त्यस्ता नियमविपरितका तमसुकलाई खारेज गरिनु पर्छ । साहु महर्जनहरुले सोझा जनताको हडपिएको जग्गा सम्पति फुकुवा होस र अदालती प्रक्रियामा एकलौटी भएको फैसलामा विचार गर्नुपर्ने बताए । 

लघुवित्त खारेज गर्नुपर्ने माग मुख्य भएपनि त्यो गर्न नसके एक अंकमा व्याजदर कायम गर्नुपर्ने, शोसण र पिडितलाईप्रताणित गर्नबाट रोकिनुपर्ने उनीहरुको माग छ । पिडितहले लघुवित्तको कारणले परिवार उजाडिन पुगेको, शोषणमा परि आत्महत्या त्था ज्यान गुमाएको, ऋण तिर्दा समेत बैंकहरुले कालोसूचिमा राखेको बताए ।  

लघु वित्तीय संस्थाहरुले राष्ट्र बैंकको नियम नमानेर ऋण प्रवाह गरेर सास्ती दिएको, ऋणीको क्षमता नबुझी कर्जा प्रवाह गरेर अहिले दुःख दिइरहेको र ऋणीलाई बिचल्ली समेत बनाएको पिडितहरुले गुनासो गरे । 

भैरहवाको नगर परिक्रमा गरि विरोध प्रदर्शन सिडियो कार्यालयमा ज्ञापन पत्र बुझाउदै कोण सभामा परिणत भएको थियो । 


प्रतिक्रिया