भैरहवा । नेपाल प्रिमियम लिग (एनपीएल)को ट्रफी टुर शनिबार रुपन्देहीमा गरिएको छ । विहान बुद्ध एयरको जहाजमार्फत गौतमबुद्ध विमानस्थल आएको ट्रफी रुपन्देही क्रिकेट संघले स्वागत गरि जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गरिएको हो ।
लुम्बिनी लायन्सका ईश्वर जीसी र रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले ट्रफी ग्रहण गरे बाजागाजासहित जिल्लाका विभिन्न स्थानमा परिक्रमा गरिएका होे ।
भैरहवाको सिद्धार्थ रंगशालामा एनपिएल दोस्रो सिजनको ट्रफी लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेको प्रमुख आतिथ्यतामा अनावरण गरियो । उनले प्रतियोगिता लुम्बिनी लायन्सले जिते प्रदेश सरकारको तर्फबाट ५ लाख पुरस्कार दिने घोसणा सहित सफलताको शुभकामना व्यक्त गरे ।
ट्रफीलाई पहिला बुद्ध जन्मस्थल लुम्बिनी लगिएको थियो । त्यहाँ ट्रफी सार्वजनिक गरेपछि फर्काएर भैरहवास्थित सिद्धार्थ रंगशाला, बेलहिया, एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला रुपन्देहीका पुरातात्विक र ऐतिहासिक स्थल सम्म पु¥याउने कार्यक्रम रहेको लुम्बिनी लायन्सका मेन्टर तथा शक्ति गौचनले बताए ।