पश्चिम नवलपरासीमा दुई वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवारहरु विजयी भएका छन ।नवलपरासी क्षेत्र १ र २ दुवै जनाले प्रतिस्पर्धी उम्मेदवारलाई फराकिलो मतान्तरले विजयी भएका हुन् ।
नवलपरासी क्षेत्र नम्बर १ मा विक्रम खनालले बिजयी भएका छन ।प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पछि पार्दै विजयी भएका हुन । कुल ८२ हजार १०७ मतमा खनालले ४५ हजार २४१ मत पाउँदा चौधरीले ९ हजार ५०२ मत पाउनु भएको छ । तेस्रोमा एमालेका रामप्रसाद पाण्डेले ७ हजार ९५६ पाएका छन।
जनता समाजवादी पार्टी नेपालजसपाका हृदयेश त्रिपाठीले ७ हजार ८३२ मत पाएका छन । राप्रपाका नवनित कुमार मिश्रले १ हजार ५९३ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीनेकपा की सिन्धु जलेसा बुढाथोकी १ हजार ५६ मा सीमित भइन ।
नवलपरासी क्षेत्र नम्बर २ मा नरेन्द्रकुमार गुप्ता विजयी भएका छन । गुप्ताले प्रतिस्पर्धी नेपाली कांग्रेसका भीमबहादुर थापालाई २८ हजार १९३ मतको मतान्तरले पछि पार्दै विजयी भएका हुन । कुल ८८ हजार ९१५ मतमा गुप्ताले ४४ हजार १३८ मत पाउँदा थापाले १५ हजार ९४५ मत पाए ।
तेस्रोमा जनता समाजवादी पार्टी नेपाल ९जसपा० का देवेन्द्र यादवको ७ हजार २१२ मत रहेको छ । राप्रपाका ध्रुवबहादुर प्रधानको ४ हजार ६९१ र एमालेका लेखनाथ खरेलले ४ हजार ३११ मत पाउनु भएको छ । राष्ट्रिय मुक्ति पार्टीका गोबिन्द चौधरीले २ हजार २९ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का देवेन्द्र पौडेल १ हजार ८३८ मा सीमित भए ।