प्रथम सियारी माछा तथा कृषि महोत्सव गरिदै

खबर नागरिक

भैरहवा ।  रुपन्देहीको सियारी गाउपालिका कृषिमा आग्मनिर्भर हुदै प्रबर्दनात्मक कामको थादनी गर्न लागेको छ । दुध, तरकारी, माछा, केरा लगायतको बस्तुमा आतमनिर्भर भएको पािलकाले कृषि उत्पादनको प्रवद्र्धन गर्न प्रथम सियारी माछा तथा कृषि महोत्सव आयोजना गर्न लागेको हो ।

पालिकाको समग्र कृषि उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न बुटवल उद्योग वाणिज्य संघको सह आयोजनामा यही माघ १९ गतेदेखि सियारी–४ छपियामा महोत्सव गर्न लागेको सियारी गाउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

उनले ब्राण्डिङ्ग र मार्केटिङ गर्दै अन्य क्षेत्रको माछा फ्रोजन भन्दै यहाँ आएकोले अब सियारीको माछा, दुध तराकरी लगायतका उत्पादनको ब्राण्डिङ गर्दै लैजाने गरी गाँउपालिका लाग्ने बताए । उनले यही उद्योग सञ्चालन गरेर यहाँका माछा बिदेश पठाउने उद्देश्य छ । महोत्सवले सियारीको महत्व बढ्ने किसानले फाइदा पनि पाउने र मार्केटिङ गर्न अन्यत्र जान नपर्ने उद्धेश्यले माहोत्सव गर्न लागकेो हो । प्रारम्भिक रुपमा किसानलाई प्रोत्साहन गर्न यो सुरुवात गर्न लागिएको अध्यक्ष घिमिरेले बताए । 

महोत्सवलाई अगाडि बढाउनका लागि गाउँपालिकामा आइतबार जनप्रतिधिी, कृषक अगुवा, प्रविधिक, माछा उत्पादक किसान, पर्यटन व्यवसायी, सहकारीका सदस्य, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा लगायतसँग कसरी अगाडि बढ्ने गरी छलफल गरेको छ । छलफलमा महोत्सवमा माछासँगै सियारीका अन्य कृषि उपजको प्रवद्र्धन गरिने जनाए । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका मत्स्य विकास अधिकृत शोभाखर पाण्डेले गाउँपालिकाभित्र एक हजार दुई ४७ हेक्टर जलासय क्षेत्र रहेको बताए । त्यसमध्ये एक हजार १ सय १२ हेक्टर माछा जोन कार्यक्रम अन्तर्गत पर्ने बताए । उनले सियारीमा प्रतिहेक्टर १० मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ जुन देशकै सबै भन्दा बढि भएतापनि प्रविधी र आधुनिकीकरण तर्फ गइरहेको बेला पालिकामा माछामा मात्रै काम हेर्ने उद्देश्यले मत्स्य प्रविधिक राख्नु पर्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले पालिका माछा र दुग्ध उत्पादनमा आत्मनिर्भर रहेको जनाउदै किसानलाई उत्प्रेरित गर्न र व्यवसायीक उत्पादनमा जोड दिनका लागि गाउपालिकाले कृषि उत्पादन माछा र दुध लागायतका बस्तुको उत्पादकको आधारमा १ करोड बढि अनुदान दिने गरेको जनाए । 


प्रतिक्रिया