भैरहवामा फागुन ७–९ सम्म निःशुल्क कृत्रिम हातखुट्टा वितरण शिविर

खबर नागरिक

भैरहवा ।  नेपाल राष्ट्रिय मारवाडी युवा संगठन को आयोजना तथा मारवाडी सेवा समिति, भैरहवा को सहकार्यमा फागुन ७, ८ र ९ गते भैरहवामा निःशुल्क कृत्रिम हातखुट्टा वितरण शिविर सञ्चालन हुने भएको छ। दुर्घटना वा अन्य कारणले हातखुट्टा गुमाएर लामो समयदेखि कठिन जीवन बिताइरहेका व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

शिविरको पहिलो दिन प्राविधिक टोलीले सेवाग्राहीको नापजाँच गर्नेछ। दोस्रो दिन सोही आधारमा कृत्रिम हातखुट्टा तयार गरिनेछ भने तेस्रो दिन सम्बन्धित व्यक्तिलाई वितरण गरिने कार्यक्रम छ। आयोजकका अनुसार हालसम्म देशभर ३ सयभन्दा बढी व्यक्तिले यस्तो सेवा पाइसकेका छन्। यसपटक भैरहवामा कम्तीमा ५० जनालाई सहयोग गर्ने लक्ष्य राखिएको छ, आवश्यकता अनुसार संख्या बढाउन सकिने पनि जनाइएको छ।

कार्यक्रम सफल बनाउन स्थानीय दाता तथा स्वयंसेवक सक्रिय रहेका छन्। आयोजकले कृत्रिम हातखुट्टा आवश्यक परेका व्यक्तिलाई सम्पर्क गरी समयमै नाम दर्ता गर्न अनुरोध गरेको छ।


प्रतिक्रिया