व्यवसायिक एकता र पर्यटन प्रवर्द्धन अपरिहार्य : उपप्रमुख उमा अधिकारी

खबर नागरिक

भैरहवामा सम्पन्न होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको अधिवेशनले नयाँ नेतृत्व चयनसँगै व्यवसायिक एकता र पर्यटन प्रवर्द्धनको विषयलाई मुख्य बहसको केन्द्रमा ल्याएको छ। अधिवेशनको उद्घाटन सत्रमा बोल्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले अहिलेको चुनौतीपूर्ण अवस्थामा व्यवसायीहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।

उपप्रमुख अधिकारीले पछिल्लो समय जेनजी आन्दोलनकाे कारण नगरपालिकाभित्र भएका तोडफोड र आगजनीले सबैलाई असर पारेको उल्लेख गर्दै त्यसबाट सिर्जित क्षति साझा समस्या भएको बताइन्। “एजेन्सी आन्दोलनले निम्त्याएको क्षति, नगरपालिकाभित्र भएको तोडफोड र आगजनीले परेको समस्या तपाईँ–हाम्रो आफ्नै हो,” उनले भनिन्, “नगरपालिका भनेको यस्तो ठाउँ हो जहाँ हामी जन्मेदेखि मृत्युसम्म आवश्यक पर्ने सेवा लिन्छौँ, त्यसैले यहाँ भएको क्षति तपाईं–हाम्रै हो।”

उनले पर्यटन र सेवा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउँदै व्यवसायीहरू एकताबद्ध भएर अघि बढे मात्र पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने स्पष्ट पारिन्। स्थानीय सरकारले नीतिगत र पूर्वाधार विकासमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले व्यवसायीको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखिन्।

उपप्रमुख अधिकारीले भैरहवा र आसपासका क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न होटल तथा रेष्टुरेन्ट व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताइन्। सेवा गुणस्तर, आतिथ्य र स्वच्छतामा ध्यान दिन सके पर्यटन विकाससँगै रोजगारी र आर्थिक गतिविधि बढ्ने उनको भनाइ थियो।

यसै अवसरमा संगठनको बाह्रौँ साधारण सभा तथा सातौँ अधिवेशनबाट राजेश महोत्रा क्षेत्री सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्। कार्यक्रममा सहभागी उद्योगी–व्यवसायी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले व्यवसायिक एकता र सहकार्य नै वर्तमान आवश्यकता भएको निष्कर्ष निकालेका छ

प्रतिक्रिया