भैरहवा । बिहीबार भएको प्रतिनिभी सभा सदस्यको निर्वाचनमा होमिएका उम्मेदवार मध्ये अधिकांसको जमानत जफत भएको छ ।
५ पदका लागि भएको निर्वाचनमा ९२ जना दलिय र ६३ जना स्वतन्त्र गरि कुल १ सय ५५ जना उम्मेदवार जना उम्मेदवार रहेकोमा विजयी ५ सहित अन्य ७ जना उम्मेदवारको मात्र जमानत जोगिएको छ । बाकी १४३ जना उम्मेदवारकाे जमानत जफत भएकाे हाे ।
कुल सदर मतको १० प्रतिशत भन्दा बढि मत प्राप्त गर्नेको जमानत जोगिने र कम मत प्राप्त गर्नेको जमानत जपत हुने व्यवस्था छ ।
रुपन्देही १ मा ३१ जना उम्मेदवार रहेकोमा निर्बाचित सुनिल लम्साल र हिरा बहादुर खत्री बाहेक अन्य २९ जनाको जमानत जफत भएको छ ।
क्षेत्र नम्बर २ मा ३९ जना उम्मेदवार रहेकोमा निर्वाचित सुलभ खरेल, बिष्णु पौडेल र चुन्न प्रसाद शर्मा बाहेक अन्य ३६ जनाको जमानत जफत भएको छ ।
क्षेत्र नम्बर ३ मा ३६ जना उम्मेदवार रहेकोमा निर्वाचित सुलभ खरेल डा.लेखजंग थापा बाहेक ३५ जना सवैको जमानत जफत भएको छ ।
क्षेत्र नम्बर ४ मा २२ जना उम्मेदवार रहेकोमा निर्वाचित कन्हैया बनिया, प्रमोद कुमार यादव र आशुतोष मिश्र बाहेक बाकी १९ जनाको जमानत जफत भएको छ ।
क्षेत्र नम्बर ५ मा २७ जना उम्मेदवार रहेकोमा निर्वाचित तौफिक अहमद खान, खिमलाल भट्टराइ र भरतकुमार शाह बाहेक बाकी २४ जनाको जमानत जफत भएको छ ।