भैरहवा । सुजुकीको हालसम्मकै सबैभन्दा बढि फिचर भएको भिक्टोरिस भैरहवामा विक्री सुभारम्भ भएकोे छ । नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले नयाँ एसयूभी सुजुकी भिक्टोरिस भित्रयाएसँगै पाठक मोटर गु्रप भैैरहवामा औपचारिक रूपमा सार्वजनिक गरी विक्री सुरु गरेको हो ।
भारतमा केही महिनाअघि मात्रै सार्वजनिक भएको भिक्टोरिस सुजुकीको हालसम्मकै सबैभन्दा धेरै फिचर भएको एसयूभी हो । बिहीबार पाठक मोटर ग्रुप प्रालिका निर्देशक बाबुराम पाठक, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, सीजी मोटर कर्पका डिलर इन्चार्ज द्वय आदर्श भण्डारी र अजय तिमिल्सिनाले संयुक्त रुपमा गाडी सार्वजनिक गरेका हुन् ।
यसको सुरुवाती भेरिएन्टको मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । साथै, लन्चिङ अफर र मूल्य अन्तर्गत ग्राहकहरूका लागि नेपाली रुपैयाँ २ लाख सम्म सम्मको एक्सचेन्ज बोनस सीमित अवधिका लागि तथा पहिलो ५० बुकिङको लागि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
सीजी मोटरकर्पका डिलर इन्चार्ज आदर्श भण्डारीका अनुसार सुरक्षा र आरामदायीको हिसावले भिक्टोरियाज गाडी उच्चतम प्रविधिको रहेको बताए । उनका अनुसार, यो गाडीको माइलेज २१ किमी रहेको छ भने सडकमा अगाडिको गाडीको स्पिड अनुरुप यसले आफ्नो स्पिड नियन्त्रण गर्न सक्ने बताए । भविष्यमुखी डिजाइन, विलासी आराम र इन्टेलिजेन्ट प्रविधिको उत्तम समिश्रणका रूपमा यो एसयूभीलाई बजारमा उतारिएको कम्पनीले जनाएको छ । नयाँ भिक्टोरिसमा स्ट्रोङ हाइब्रिड, १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनका विकल्पहरू उपलब्ध छन् । यो गाडी म्यानुअल र अटोमेटिक दुवै विकल्पमा उपलब्ध हुनुका साथै अत्याधुनिक रोड अवारनेस र सुरक्षाका लागि लेभल–२ एडीएएस प्रणालीले सुसज्जित छ ।
अत्याधुनिक सेफ्टी फिचर्स, रोड अवारनेस र मजबुत सुपेरियर बिल्ड क्यालिटीका कारण सो गाडीले ग्लोबल एनक्यापबाट ५ स्टार रेटिङ हासिल गर्न सफल भएको छ । ग्राहकको आराम, सुरक्षा र सुखद ड्राइभिङ अनुभवलाई मध्यनजर गर्दै यसमा आधुनिक समयका सबै आवश्यक सुविधाहरू समावेश गरिएको छ। आफ्नो दमदार पर्फर्मेन्स र अत्याधुनिक प्रविधिका कारण यो एसयूभीले प्रतिष्ठित ’इन्डियन कार अफ द इयर २०२५’ को अवार्ड समेत जित्न सफल भएको छ ।
भिक्टोरिसमा धेरै नयाँ फिचर समावेश गरिएको छ। लेभल २ एडभान्स ड्राइभर असिस्ट सिस्टम, डल्बी एटमस अडियो सिस्टम, पावर्ड टेलगेट, भेन्टिलेटेड फ्रन्ट सिट, १०.२५ इन्च स्मार्टप्ले प्रो प्लस इन्फोटेनमेन्ट सिस्टम, एम्बियन्ट लाइटिङ, ७ इन्च डिजिटल ड्राइभर डिस्प्ले, सुजुकी कनेक्ट, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, हेड अप डिस्प्ले, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, क्रुज कन्ट्रोल र ६ एयरब्यागजस्ता फिचर यसमा रहेको छ ।
गाडी लन्चिङ समारोहमा बोल्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष रायमाझीले नयाँ गाडीले सबैको मन जित्ने विश्वास गरे । उनले प्रतिस्पर्धी बजारमा सेवासुविधा र ग्राहकको मन जित्नेको नै व्यापार बृद्धि हुने बताउँदै यसका लागि सुजुकीले त्यो भूमिका खेल्ने जनाए ।
पाठक मोटरका निर्देशक बाबुराम पाठकले नेपाल बजारमा भित्रिएको यो गाडी आरामदायी, भरपर्दो र प्रविधियुक्त रहेको बताउदै ग्राहकको मन जित्नेमा विश्वस्त रहेको बताए ।
सुजुकी ब्राण्डकै गाडी अन्य ब्राण्ड भन्दा कम खर्चिलो बजेट गाडीको रुपमा रहेको छ । माइलेज पनि बढि दिने र सहजै सस्तोमै यसका उपकरण जहातही पाउने भएकोले उपभोक्ता मैत्री रहेको पाठक मोटर्स भैरहवाकी प्रबन्धक सर्जुना थैवले बताइन । उनले यस्को फिचर शक्तिशाली इन्जिन, प्रशस्त क्याबिन स्पेस, र ड्राइभर–मैत्री ह्यान्डलिङका कारण सबैको रुचिमा पर्ने बताइन ।