डिएसपी मधु नेपाललाई रुपन्देही प्रहरीले गर्याे पक्राउ

खबर नागरिक

भैरहवा। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ गरेकाे छ। नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल बहुविवाहको कसुरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो ।

उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

उनले  भने– ‘केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएकाे थियाे, उहाँलाई पक्राउ गरेर  म्याद थप गरिएको छ ।’  नेपालमाथि ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको उनले बताए । उनले  बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको समेत बताए ।

नेपालकी दोस्रो श्रीमतीको खोजी कार्य भइरहेको एसपी क्षेत्रीले जानकारी दिए । नेपाल प्रहरी निरिक्षक हुदा रुपन्देहीको भैरहवा  स्थित वडा प्रहरी कार्यलयमा ईन्चार्जकाे जिम्मेवारी सम्हालेका थिए । 

प्रतिक्रिया