समस्या र मागलाई प्राथमिकतामा नराख्दा निर्माण व्यवसायी संकटमा

खबर नागरिक

भैरहवा । त्रासमय अवस्थामा निर्माण व्यवसायीहरु रहेको एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन । 

लुम्बिनी निर्माण व्यवसायी संघ रूपन्देहीको १९औँ वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथी नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले सरकारले निर्माण व्यवसायीका समस्या र मागलाई प्राथमिकतामा नराख्दा निर्माण क्षेत्र गम्भीर संकटमा परेको बताए । 

स्थानीय तहबाट गैरजिम्मेवारी हिसाबले अत्याधिक रुपमा लाइसेन्स वितरण दिने काम भएको छ, संघीयतामा जानु अगाडि १० हजार रहेकोमा अहिले ३५ हजार पु¥याइएको छ । यसले विकास निर्माणको काम घट्नु र व्यवसायी बढेको हुदा विकास निर्माणको काम एक चौथाई पनि कार्यान्वयन नभएको उनले भने । 

उनले निर्माण क्षेत्र त्रासमय अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै ठेक्का बन्द हुनु भनेको निर्माण कम्पनीदेखि त्यससँग आबद्ध श्रमिक र परिवारसम्मको रोजगारी र जीविकोपार्जन संकटमा पर्नु रहेको बताए । 

अध्यक्ष सिंहले सरकारले कानुनको नाममा चालेका केही कदम गलत रहेको जनाउँदै त्यसलाई तत्काल सच्याउनु पर्ने बताए । उनले ‘लो–बिड’ प्रणालीका कारण निर्माण व्यवसाय मात्र होइन, समग्र विकास प्रक्रिया नै प्रभावित भएको बताउदै यसैको कारण समयमा विकास निर्माणको काम समयमा नहुने, गुणस्तरीय नहुने हुदा निराकरणका लागि पूर्ववति सरकारसँग सहमति भएको बताए । 

सार्वजनिक खरिद ऐनको संशोधनका लागि पटक पटक प्रस्ताव गएपनि राजनैतिक नेतृत्वले पूर्वाधार विकासलाई प्राथमिकतामा नराखेको कारण विधेयकहरु फिर्ता आएको बताए । अहिलेको नागरिक सरकारले अनुगमन कार्यालयबाट अनुमोदित भएर गएको छ, नयाँ सरकारले यसलाई प्राथमिकतामा राखेर ऐनलाई संशोधन गरी पूर्वाधारको काम चलायमान गर्नुपर्ने बताए । 


सबै किसीमको खारिदलाई एउटै ऐनले सम्बोधन गर्दा प्रावधानले व्यवधान उठाएकोले सबै ऐन समायोजन गरी छाता ऐन बनाउनु पर्ने आवश्यकता रहेको उनले भने । 

कार्यक्रममा लुम्बिनी निर्माण व्यवसायी संघ रूपन्देहीकी अध्यक्ष मन्जु भुसालले निर्माण व्यवसाय राष्ट्र निर्माणको आधारशिला भएको बताईन । सडक, पुल, विद्यालय, अस्पताललगायत पूर्वाधार निर्माणमा व्यवसायीहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उहाँले निर्माण व्यवसायको सम्मान गर्नुपर्ने आवश्यकता रहेको बताइन ।

महिला नेतृत्वको हैसियतले बोल्दै अध्यक्ष भुसालले निर्माण व्यवसाय अब पुरुषहरूमा मात्र सीमित नरहेको र महिला सहभागिताले यस क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको बताइन । चुनौतीपूर्ण नीति र आर्थिक अवस्थाबीच पनि गुणस्तर, समयपालन र व्यवसायिक मर्यादालाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्ने उनकने धारणा थियो ।

कार्यक्रममा बोल्दै पूर्व जिल्ला अध्यक्ष विश्वेशवर बस्याल, सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवाली, चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष सचिन रोक्का, सिद्धार्थउद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिलीप कान्दु, निर्माण व्यवसायी महासंघका केन्द्रिय महासचिव रोशन दाहाल, लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र राना, केन्द्रीय उपाध्यष टोप बहादुर रायमाझी, पूर्व वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, केन्द्रिय वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामाले पेशाप्रति इमान्दार भएर दक्षताअनुसार काम गर्नुपर्नेमा जोड दिए । टेण्डर आफुलाई पार्न न्यूनतम मुल्य कायम गर्ने, गुणस्तरीय काम नगर्ने,  अवस्था नबुझी टेण्डर लिने, आफ्नो क्षमता भन्दा बढि काममा हात हाल्ने लगायतका कारणले निर्माण व्यवसायी मारमा परेको बताउदै उनीहरुले निर्माण व्यावसायीहरुले आफैबाट सुधार गर्नु पर्ने बताए । उनीहरुले निर्माण व्यवसायीको लापरबाहीले पनि कतिपय सानाठूला योजना अलपत्र परेकाले ध्यान दिनु पर्ने, संस्थागत भ्रष्टाचार हटाउने तर्फ सबै लाग्नु पर्ने बताए ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले अधिकारसँगै कर्तव्यप्रति पनि सबै सचेत हुनुपर्ने बताइन । लुम्बिनी निर्माण व्यवसायी शाखा अध्यक्ष बुद्धिराज थापाको स्वागत महासचिव प्रितम रौनियारको संचालनमा भएको कार्यक्रमा संघलाई योगदान गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो । 

२०३५ सालमा स्थापित संघमा हाल ४ सय ५० बढि निर्माण व्यवसायी सदस्य रहेका छन । 


प्रतिक्रिया