लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु फेला, सेनाले गर्याे डिस्पोज

खबर नागरिक

भैरहवा । रुपन्देहीको भैरहवा स्थित लुम्बिनी गेट नजिकै विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । ओम बाबा पेट्रोल पम्प नजिक आज बिहान शंकास्पद वस्तु भेटिएको हो । शंकास्पद बस्तुमा कालो टेपले बाधेर नेकपा बहुमतको बन्द  सफल पारौ भनेर लेखिएको उक्त बस्तु सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरी निष्कृय पारेको छ ।

विहान ५ बजे स्थानीयले देखेपछि प्रशासनलाई जानकारी गराएका थिए । लुम्बिनी गेट नजिकै राखिएको शंकास्पद बस्तु विहान साढे ७ बजे डिस्पोज नेपाली सेनाको टोली गरेको हो । 

सडक नजिकै राखिएको शंकास्पद वस्तु बम नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिए । 


क्यानमा माटो र ढुंगा राखिएको अवस्थामा बाहिरबाट टेपले टालेको अवस्थामा फेला परेको थियो । कस्ले राख्यो भन्ने बारे अनुसन्धान भइरहेको छ । उनीहरूको पहिचान गरी खोजीको प्रयास भइरहेको छ । 

नेपाल बन्दको घोसणा गरेकोले सम्भवत सार्वजनिक ठाउमा त्रासको लागि राखेको हुन सक्ने अनुमान छ । विना कुनै क्षति डिस्पोज गरिएको छ । अहिले अवस्था सामान्य बनेको छ । 

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने भन्दै नेकपा बहुमतले बन्द आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भने भोलि मँगलबार नियमितकै जसरी निर्वाधरुपमा सञ्चालन हुने बताएको छ । आवश्यक सुरक्षा व्यवस्थाका लागि सरकार तयार रहेको बताउँदै बजार, पसल, विद्यालय तथा कलकारखाना निर्वाध रुपमा सञ्चालन गर्न र नेपाल बन्दको भ्रममा नपर्न आग्र गरेको छ । 


प्रतिक्रिया