श्री एयरलाइन्सको विमान भैरहवामा आपतकालीन अवतरण

प्रेरणा नेपाली

भैरहवा । धनगढीबाट काठमाडौंका लागि उडान भएको श्री एयरलाइन्सको विमानले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।

जहाजमा ‘हाइड्रोलिक समस्या’ आएपछि फ्लाइट नम्बर २२२ को विमान शनिबार दिउँसो करिब १२ बजे अवतरण गरेको गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले जानकारी दिए । 

अवतरण गरेपछि विमान लक भएर केही समय धावनमार्गमा अड्किएको थियो । जहाजमा बच्चासहित ८२ जना यात्रुहरु रहेका थिए । सबै यात्रु सकुशल रहेको र  अर्को जहाजबाट यात्रुहरु काठमाडौं गएको उनले भने । 


प्रतिक्रिया