एमालेका केन्द्रीय सदस्यहरु प्रादेशिक रुपमा चुनावी रणनीति बनाउदै

खबर नागरिक

काठमाडौं- केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा एमालेका केन्द्रीय सदस्यहरुले काठमाडौंमा प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन लागिपरेका छन् ।

 सातै वटा प्रदेशका संयोजकहरुले आफ्नो प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरु सहितको बैठक बोलाएका हुन् । यस्ता बैठक कतिपयले पार्टी केन्द्रीय कार्यलय च्यासलमा त कतिपयले आफूलाई अनुकुल हुने स्थानमा आयोजना गरेका छन् । 

 केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार सम्बन्धित प्रदेशमा निर्वाचन केन्द्रीत रणनीति बनाउन सहजहोस भन्ने उद्धेश्यले सबै प्रदेशका संयोजकहरुले बैठक बोलाएका हुन् । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशले आज बैठक बोलाएका छन् । मधेस,बागमती,कोशी,सुदुरपश्चिमले भोलीलाई बैठक बोलाएका छन् । कतिपय प्रदेशका बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैं उपस्थित हुने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया