चौथो वडाकप क्रिकेट प्रतियोगितामा स्थानीय १० टिम भिड्दै

खबर नागरिक

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर ४ मा वडा स्तरीय चौथो टेनिसबल क्रिकेट प्रतियोगिता–२०८२ हुदैछ । 

स्थानीय खेलाडीहरुको प्रोत्साहन, वडा स्तरबाट क्रिकेटको विकास गर्दै नगरस्तरीय टिम बनाउनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको होे । सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा उक्त प्रतियोगिता यही मंसिर ७ र ८ गते हुन गइरहेको सिद्धार्थनगर नगरपालिका–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले बताए । 

वडाअध्यक्ष यादवले लगानी नगरे विकास नहुने भन्दै चौथौ वर्ष युवाहरुको विकासका लागि नै लगानी गरेकोले अनुशासनमा रही खेल्न सबै खेलाडीहरुलाई आग्रह गरे । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने छ । 


नकआउट फर्मेटमा १० ओभरको खेल हुने प्रतिोगितामा विजेताले ४१ हजार र उपविजेताले ३१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । नगर पुरस्कारमा कर काटिने छ । 

प्रतियोगितामा कचरिहवा, स्टाक टोल ए र बी, उद्योगपुरी, दोगहरा, दोगहरा फ्रन्ट, एयरर्पोट ए, बी, सी र मायादेवी युवा क्लबको सहभागिता रहनेछ । 


प्रतिक्रिया