भैरहवा । रुपन्देहीको अध्यक्ष, ओमसतियामा चौथो गाँउपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । स्थानीयस्तरमा नयाँ–नयाँ खेलाडी उत्पादन गरी समग्र क्रिकेट खेलको विकास, क्रिकेटरको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले पालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ६ वटै वडाको स्थानीय टीमको सहभागिता रहेको छ । कर्मडाडा खेलमैदानमा सूरु भएको खेलको उदघाटन गाँउपालिका अध्यक्ष मन्जित यादवले गरे ।
सो अवसरमा बोल्दै उनले यो गाउपालिका स्तरीय प्रतियोगिता युवाहरुलाई प्रोत्साहन गर्दै क्रिकेटको विकास गर्न आयोजना गरिएको बताए । उनले यो वर्ष टेनिस बलले प्रतियोगिता गराएपनि आगामी दिनमा ड्युज बलले प्रतियोगिता हुने जस्का लागि पालिकाले यहाँ पिच निर्माणको लगि बजेट विनियोजन समेत गरेको छ ।
कार्यक्रममा बोल्दै गाउपालिका उपाअध्यक्ष सुनिता चौधरीले अहिले क्रिकेटमा युवाहरुको रुची बढ्दो रहेको र नेपाल पनि देशको प्रतिनिधित्व गर्दै अन्य खेलाडीसँग प्रतिस्पर्धा गर्न लागेकोले स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्नु पर्ने आवश्यकता रहेको बताए । हामीले हालै पालिका कप जितेकामा बधाई दिदै उनले भौतिक पूर्वाधार र अन्य क्षेत्रमा लगानी गरेजस्तै युवाहरुको विकासका लागि खेल क्षेत्रमा लगानी आपश्यक रहेको बताइन ।
६ टिमको सहभागिता रहेको प्रतियोगिता १२ ओभरको खेल खेलाइने छ । प्रतियोगितामा विजयी हुने टिमले नगद ६० हजार र ट्रफी, उपविजेताले नगद ३० हजार र ट्रफी पाउने छन । त्यस्तै अनुशासित टिमलाई १० हजार, प्रतियोगिताको म्यान अफ द सिरिजले ५ हजार, वेस्ट बलर, वेस्ट व्याटसम्यानलाई २५ सय, बेस्ट फिल्डर र उदियमान खेलाडीलाई नगद १ हजार ५ सय पाउने प्रतियोगिता संयोजक मनोज यादवले जानकारी दिए । उद्घाटन खेल वडा नम्बर १ र ३ बीच भएको हो ।