रुपन्देही ४ बाट रास्वपाका कन्हैया बनिया विजयी

खबर नागरिक

भैरहवा । रुपन्देहीको क्षेत्र नम्बर ४ प्रतिनिधी सभा सदस्यमा कन्हैया बानिया विजयी भएका छन । मर्चवार क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार रहेका बानिया २८ हजार ६६ मत ल्याई विजयी बनेका हुन । यस अघिका त्यस क्षेत्रबाट निर्वाचित सवेन्द्रनाथ शुक्ले पनि २८ हजार मत ल्याई विजयी बनेका थिए ।

१५ जना दलिय र ७ जना स्वतन्त्र गरि कुल २२ जना उम्मेदवार रहेको क्षेत्र नम्बर ४ बाट कन्हैया ७ हजार ८ सय ४ मतान्तरले विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोद यादवले २० हजार २ सय ६२ मत ल्याएका छन भने तेस्रो स्थानमा नेपाली कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६ सय १३ मत ल्याए । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका प्रमोद कुमार यादवले शुक्ललाई पराजित गरेका थिए । २०७९ मा शुक्लले प्रमोद यादवलाई पराजित गरेका थिए ।

निर्वाचित कन्हैया हाल रुपन्देहीको क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभामा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य थिए । उनले राजिनामा दिएर प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी रास्वपाबाट दिएका थिए । 

निर्वाचन क्षेत्र नम्बर ४ मा १ लाख १६ हजार १ सय ७२ मतदाता रहेकोमा ७७ हजार १५ जनाले मताधिकार प्रयोग गरेका थिए । जसमा ४ हजार ९ सय ७७ वटा मत बदर भएको निर्वाचन अधिकृत टोप बहादुर विष्टले जानकारी दिए । ४८ मतदान स्थलका १३३ मतदान केन्द्रबाट संकलित मतपेटिका कोटहीमाई गाउँपालिका–५, मझगावाँस्थित निर्वाचन कार्यालयमा ल्याई मतगणना गरिएको थियो । मतगणना बिहीबार राति १ बजेबाट सुरु भई शनिबार बिहान सम्पन्न भएको हो । प्रत्यक्ष तर्फको निर्वाचन पछि अब समानुपतिक तर्फको मतगण्ना सुरु हुनेछ । 


प्रतिक्रिया