भैरहवा ।
रुपन्देहीको क्षेत्र नम्बर ५ प्रतिनिधी सभा सदस्यमा ताैफिक अहमद खान विजयी भएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार रहेका ताैफिक ३८ हजार ८ सय ६ मत ल्याई विजयी बनेका हुन । यस अघिका यस क्षेत्रबाट नेकपा एमालेका बासुदेव घिमिरे निर्वाचित भएका थिए ।
१९ जना दलिय र ८ जना स्वतन्त्र गरि कुल २७ जना उम्मेदवार रहेको क्षेत्र नम्बर ५ बाट खान २५ हजार ७ सय ६ मतान्तरले विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खिमलाल भट्टराई १३ हजार १ सय मत ल्याएका छन भने तेस्रो स्थानमा नेपाली कांग्रेसका भरत कुमार शाहले १२ हजार ६ सय २४ मत ल्याए ।
निर्वाचन क्षेत्र नम्बर ५ मा १ लाख ३४ हजार ४ सय ४२ मतदाता रहेकोमा ८४ हजार ८ सय ३८ जनाले मताधिकार प्रयोग गरेका थिए ।
याे सँगै रुपन्देहीमा रास्वापले क्लिन स्विप गरेकाे छ । ५ वटै निर्वाचन क्षेत्रमा जित निकाल्दै रास्वपाले रुपन्देहीकाे क्षेत्र नम्बर ३ मा नेपालकै सबै भन्दा बढि मतान्तरले विजयी बनेकाे छ ।
त्यक्ष तर्फको निर्वाचन पछि अब समानुपतिक तर्फको मतगण्ना सुरु हुनेछ ।