भैरहवा । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देहीका उम्मेदवारहरूले निर्वाचन आचार संहिताको पालना गर्ने प्रतिबद्धता जनाएपनि उल्लंघनको क्रम सुरु भएको छ ।
निर्वाचन आचारसंहिता २०८२ को दफा १३ (म) मा मतदान हुने दिन भन्दा सत्र दिन अगाडि अर्थात फागुन ४ गतेदेखि मात्रै जुलुस आमसभा, वा कोणसभा गर्न, सञ्चार माध्यममा प्रचार प्रसार सामाग्री प्रकाशन वा प्रसारण गर्न, प्रचार प्रसारको लागि घरदैलो कार्यक्रम गर्न पाउने उल्लेख गरेपनि अहिलेबाट नै अधिकांस उम्म्ेदवार घरदैलोमा व्यस्त रहेका छन ।
रुपन्देहीका उम्मेदवारहरु घरदैलो गर्ने, मतदातालाई समूहमा उपस्थित गराई सल्लाह सुझाव लिने गरेको पाइएको छ ।
यस्तै आचारसंहिता विपरीत सार्वजनिक ठाउमा व्यानर लगाउने, घरदैलो गर्ने, भारतिया गाडी र धेरै गाडीको प्रयोग गर्ने, कलर पर्चा पम्पलेट, निर्वाचन चिन्ह अंकित सामाग्रीको प्रयोग गरिरहेका छन । यस्तै वडा वडामा सम्पर्क कार्यालय स्थापना गर्ने कार्य पनि राजनैतिक दल र उम्मेदवारहरुले गरेका छन ।
यस्तै सरकारी कार्यालयका कर्मचारीहरु पनि खुला रुपमा राजनैतिक दलको समूहमा हिड्ने, प्रचार प्रसारमा सहयोग गर्ने गरेको पाइएको छ ।
यस्तै आचारसंहिता को परिच्छेद ३ को दफा ५ को (क) मा मन्त्री, स्थानीय कार्यपालिका पदाधिकारीहरु राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने भनिए पनि पालिकाका निर्वाचित प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरु कार्यक्रममा सहभागी भइरहेका छन । यस्तै प्रदेशका मन्त्रीहरु पनि सहभागी भइरहेका छन ।
दफा १३ मा स्थानीय प्रशासनको अनुमति २४ घण्टा अगावै गरि मात्रै भेला गर्नु भनेपनि निर्वाध तरिकाले वडा वडामा स्थानीयहरुको भेला गराई कार्यालय स्थापना भइरहेको छ ।
यस्तै दफा १३ को (ज) मा सार्वजनिक ठाउमा दलको झण्डा, निर्वाचन चिन्ह राख्न वा टास्न नहुने उल्लेख भएपनि ठूला ठूला व्यानर राखिएको छ ।
भेला प्रचारप्रसारको समय विहान ७ बजेदेखि साझ ७ बजे सम्म मात्रै गर्न भनेपनि राती अबेर सम्म यि कार्याक्रम अहिलेदेखि नै भइरहेको छ ।
निर्वाचन प्रयोजनको लागि ७५ ग्राम पेपरमा ३ सय वर्ग ईन्च एक रंगको र मुद्रकको नाम सहित पर्चा मात्र प्रयोग गर्नुभनेपनि त्यसको विपरित पर्चाहरु बनाइएको छ ।
उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३ बाई ४ फिट सम्मको मात्रै राख्न मिल्ने भएपनि फोटो सहितको फलेक्स वोर्डहरु राखिएका छन ।
प्रचार प्रसारमा घरदैलौ गर्दा उम्मेदवार सहित २५ जना भन्दा बढि जुलुस लिएर जान नहुने र बाजा गाजा तथा झाकीको प्रयोग पनि बन्देज गरिएको छ । कति पयले भारतिय गाडीको प्रयोग पनि गरिरहेका छन ।
निर्वाचन प्रचार प्रसारमा राष्ट्रिय झण्डाको प्रयोग गर्न नमिल्ने भएपनि त्यसको प्रयोग जाथाभावी गर्दा समेत नियमन निकायको ध्यान जान जरुरी छ ।
हालै मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको सर्वदलिय सर्वपक्षिय बैठकमा अधिकांस उम्मेदवारले आचारसंहिता पूर्ण पलना गर्ने प्रतिबद्धता जनाएका थिए ।
निर्वाचन आयोगले आचार संहिता उल्लङ्घन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना हुनेदेखि उम्मेदवार रद्दको निर्णयसम्म हुन सक्ने व्यवस्था गरेको छ । यस पटक आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अन्तर्गत कारबाही हुन सक्ने व्यवस्था निर्वाचन आचार संहिता २०८२ मै उल्लेख गरेको छ ।
निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार आचारसंहिता उल्लङ्घन गर्नेलाई एक लाख रुपैयाँदेखि उम्मेदवारी रद्दको निर्णयसम्म हुनसक्ने व्यवस्था आचारसंहिताको दफा ४८ मा उल्लेख गरिएको छ ।
जिल्ला निर्वाचन अचारसंहिता अनुगमन समितिको संयोजकमा मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेत रहेका छन भने ७ सदस्यीय समिती छ ।
अनुगमन समिति अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार फोन, सामाजिक संजाल र लिखित रुपमा उजुरी प्राप्त भएपनि गम्भिर प्रकृतिको उजुरी नभएको बताए । सामान्य उल्लंघनको उजुरी आएकाृेले हामीले सम्बन्धितलाई सो को जानकारी गराएको निगरानी गरी केही हटाउन लगाई आचारसंहिता पालना गराउने तर्फ लागेका छौ ।
पोस्टर टासेको, व्यानर टासेको, कार्यकर्तालाई भोज खुवाएको लगायतको उजुरी आएको र त्यसलाई बन्द गराई सकारात्मक नतिजा आएको अधिकृत आचाषर््ले भने जिल्ला मा आएको सबै उजुरी फछर्यौट भएको उनले जानकारी दिए ।