रुपन्देहीको धकधई र भैरहवामा संयुक्त अनुगमन होटलबाट युवायुवती पक्राउ, अनुगमनले धकधईका सटर बन्द

खबर नागरिक

भैरहवा । संयुक्त बजार अनुगमनटोली रोहिणी गाँउपालिकाको धकधई क्षेत्र र सिद्धार्थनगरको भैरहवा क्षेत्रमा अवस्थित मासु पसल, सुनचादी पसल, खाद्यन्न किराना, कस्मेटिक, होटल लगायतमा अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालय, बाणिज्य कार्यालय, खाध्य तथा गुण नियन्त्रण कार्यालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, सिद्धार्थनगर नगरपालिका तथा पत्रकारहरुको सहभागितामा भएको अनुगमनमा अधिकांस पसल दर्ता नभएको, मापदण्ड नपुगेको, न्यूनतम मापदण्डहरु पनि पालाना नगरेको पाइएकोले केहीलाई सचेत गराइएको र केही बन्द गराइएको अनुगमन समिती संयोजक सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए ।  

संयुक्त अनुगमनको क्रममा धकधई बजारमा अनुगमन गर्दा केही पसलहरु बन्द गरेर भागेको समेत पाइएकोले ती पसलको निगरानी बढाउन स्थानीय प्रशासनलाई आदेश गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएको सामान समेत फेला परेकोले त्यसलाई तत्काल नष्ट गरिएको र केही पसलहरुमा व्यावसायिक मुल्यमान्यता बिपरितका गतिबिधी भएको पाइएकोले ब्यबसायीलाई सचेत बनाउने, चेतावनी दिने जस्ता प्रवद्र्धनात्मक कार्यहरू समेत गरिएको थियो । भैरहवा स्थित हाटबजार लाइनका रहेका मासु पसलहरुमा खाद्य स्वच्छताको मापदण्ड विपरीत भण्डारण तथा विक्री वितरण गरेको पाइएको थियो । ति पसलहरुमा सुरक्षित तवरले बिक्री वितरण गर्दा अपनाउनुपर्ने न्यूनतम् व्यवसायिक मापदण्डबारे सचेत गराएको छ ।

भैरहवाको बसपार्कमा अवस्थित एक होटल र डान्सबारमा पनि अनुगमन गरिएको छ, जसका सञ्चालक र केही युवा युवतीलाई पनि नियन्त्रणमा लिई सोधपुछ गरिएको छ ।

अनुगमन मात्रै सबै नभएको भन्दै उपभोक्तहरु पनि सचेत हुन जरुरी रहन्छ । यो संयुक्त बजार अनुगमन कडाइका साथ नियमित रुपमा गरिने छ । समयावधिमा समेत सुधार नपाइए आवश्यक कानुनी प्रक्रिया अवलम्बन गरिने सहायक प्रमुख जिल्ला अधिकारी पाध्याले भने ।

समितिले नियमित रूपले अनुगमन गर्दै आएको छ, विभिन्न माध्यमले आएको उजुरी, गुनासोका  आधारमा समेत यि अनुगमनहरु हुने गरेका छन । 

प्रतिक्रिया