पाँच निर्वाचन क्षेत्र समेट्दै लामिछानेको रुपन्देही यात्रा

खबर नागरिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जनसम्पर्क कार्यक्रमका लागि रुपन्देही पुगेका छन्। आइतबार साँझ जिल्लामा आइपुगेका उनी मणिग्रामस्थित एक होटलमा बसेका थिए। आज उनी जिल्लाका पाँचै निर्वाचन क्षेत्र समेट्ने गरी दिनभर दौडाहामा रहने कार्यक्रम तय गरिएको छ।

रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माका अनुसार कार्यक्रम देवदहको खैरेनीबाट सुरु भई विभिन्न क्षेत्रका २६ स्थानमा पुग्नेछ। निर्धारित तालिका अनुसार भैरहवा, कोटहीमाई–मर्चवार, पर्सहवा, मोतिपुर, बुटवल, नयाँगाउँ र सालझण्डी हुँदै टोली साँझ बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिर पुग्नेछ। सबै स्थानमा औपचारिक सम्बोधन नहुने र केही ठाउँमा मात्रै छोटो भेटघाट तथा संवाद हुने जनाइएको छ।

रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा रास्वपाले आ–आफ्ना उम्मेदवार अघि सारेको छ। जिल्लाको कार्यक्रम सम्पन्न गरेपछि लामिछाने सोमबार राति कपिलवस्तुतर्फ प्रस्थान गर्ने तयारीमा छन्।

प्रतिक्रिया