चुनाव हुनुपर्छ, यस्को विकल्प छैन : उपेन्द्र यादव

खबर नागरिक

भैरहवा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रमा जनताको प्रतिनिधि सरकारमा चाहिने हुदा चुनाव हुनैपर्ने बताएका छन । 

शनिबार रुपन्देहीको भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले चुनावको केही विकल्प छैन, चुनावको लागि अहिलेको सरकारले वातावरण तयार गर्नुपर्ने बताए । ‘अहिले सबै भयभित छन, असुरक्षित महशुस गरिरहेका छन । पुलिस प्रशासन आफै भयभित र निराश भएकोले यो वातावरणको अन्तय गरि चुनावको वातावरण बनाई निर्वाचन सम्पन्न गराउनुपर्छ ।’ उनले भने 

३५ वर्ष सम्म काँग्रेस–कम्युनिष्टले देश र जनताको शोषणा, भ्रष्टाचार र कुशासन गरेका कारण भदौमा युवाहरुले विद्रोह गरे । विद्रोहमा केही गलत तत्वको प्रवेशले यो अवस्था आयो यस्को सबै जिम्मा ततकालिन सरकारले लिनुपर्ने बताउदै जनताको धन र जनको क्षतिको जिम्मेवारी लिई दुईतिहाईको सरकारले जरिवाना दिनुपर्ने बताए । 

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले दुईतिहाई भन्दा बढि जनसंख्या भएको समुदाय अहिले राष्ट्रिय शक्ति संरचना, राजनैतिक प्रतिनिधत्विर सहभागिता नाममात्रै रहेकोले बहिष्कृत गरि बञ्चित गरिएको बताए । जनसंख्याको आधारमा महिला, दलित, मधेशी, खसआर्य, जनजाति, मुस्लिम लगायत सबैको न्यायोचित प्रतिनिधित्व हुनुपर्ने उनको जोड थियो ।

दुई तिहाई भन्दा बढि जनसंख्या भएको मुलुकका नागरिक अधिकार , अवसर र न्यायबाट बञ्चित हुनु भनेको मुलुकको विकास नभई शन्ति र सुरक्षा पनि स्थिर नहुने बताए । 

संघीय संरचनालाई सुधार्न प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्छ । यहाँ प्रदेशको संरचना गलत रहेको बताउदै लुम्बिनी प्रदेशका लागि नवलपरासी देखि कञ्चनपुर सम्मको एक प्रदेश बनाउन माग हामीले गरेको कारण यहाँको भाषा, संस्कृति पहिचान र प्रतिनिधीत्व को सुनिश्चत गर्नु थियो तर विडम्बना भननु पर्छ यसलाई जोड तोड गरि राजा महेन्द्रकालिन सोच कांग्रेस कम्युनिष्टले कै नक्कल गरेको आरोप लगाए । 

अहिलेको प्रदेश सरकारसँग न प्रहरी, न कर्मचारी, न अधिकार छ, चोरलाई समातेर अदालतसम्म पुर्याउने अधिकार पनि नभएकोले यो खर्चिलो नभएकोले  यसलाई अधिकारसम्पन्न प्रदेश बनाउनुपर्ने उनले भने 

अध्यक्ष यादवले जब सम्म राज्यद्वारा जनताको विभेद असमनताको शासन लादे सम्म देशको हालत नसुध्रिने बताए । 


प्रतिक्रिया