भैरहवा । नेपाली आतिथ्यतालाई प्रवद्र्धन गर्दै आएको होटल पौवा १०औँ वर्षमा प्रवेश गरेको छ। वि.सं. २०७३ सालबाट सुरु भएको होटलले प्रारम्भिक ‘बालपन’ चरण पार गर्दै अहिले ‘युवा अवस्था’मा प्रवेश गरेको भैरहवा शाखाका महाप्रबन्धक निशान खरेलले बताए।
उनका अनुसार होटलले आगामी दिनमा सेवा थप परिष्कृत बनाउँदै लगानी विस्तार गर्ने तथा नेपाली आतिथ्यतालाई सुदृढ बनाउने योजना अघि सारेको छ। अबको १० वर्षभित्र होटल पौवालाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने लक्ष्य रहेको पनि उनले जानकारी दिए।
उत्सवमा सहभागीहरूले परिकारको स्वाद र होटलको वातावरणको प्रशंसा गरेका छन्। उनीहरूले मौलिक नेपाली स्वाद र आतिथ्यताले कार्यक्रमलाई अझ आकर्षक बनाएको प्रतिक्रिया दिएका छन्।
१०औँ वार्षिकोत्सवको अवसरमा होटलले ‘स्वादु उत्सव’ आयोजना गरेको छ। उत्सवमा नवाबी कबाब, मरुडी चिकन, ‘भेज मङ्गोलियन’ र ‘भेज तावा’ लगायत नयाँ परिकार समावेश गरिएको छ। हरेक दिन दुई नयाँ परिकार पस्किने व्यवस्था मिलाइएको छ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले नेपाली खाना, कला र संस्कृतिको प्रवद्र्धनका साथै पर्यटन विकासमा टेवा पु¥याउनेछ। यसैबीच, यही चैत २८ गते २५० लगानीकर्ता सहभागी हुने लगानी सम्मेलनमार्फत आगामी रणनीति तय गरिने जनाइएको छ।