उद्योगमा लाइन जोडिएसँगै श्रमिक काममा फर्केिदै, उद्योगी विनाको वार्ता

खबर नागरिक

भैरहवा । रुपन्देहीका १३ वटा उद्योगको विुधत काटिएपछि कामविहीन भएका श्रमिकहरु विस्तारै काममा फर्किदै छन ।

डेडिकेटेड तथा ट्रंक लाइन विवादले विधुत प्राधिकरणले सप्लाई नै बन्द गरेपछि उद्योग ठप्प हुदा प्रत्यक्ष र अप्रत्यक्ष रुपले जोडिएका श्रमिकको रोजिरोटी, बजारको माग र विकास निर्माण काममा सम्झौता अनुसारको उत्पादनहरुको माग पुरा गर्न बाध्य भएर लाइन जडान गरिएको हो । 

रुपन्देहीको पञ्चकन्या सहित हाल सम्म ६ वटा उद्योगको लाइन जोडिएको छ । पञ्चकन्या समूहले आफ्नो दुई वटै उद्योग पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिजको सोमबार बक्यौता वापतको एक किस्ता बुझाएपछि विधुत जडान भएको छ, यस्तै सिद्धार्थ पेटप्लाष्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् । गोयन्का फुड्स र घराना फुड्सले पनि यस अघि नै किस्ता बुझाएर विधुत जडान गरेका थिए । 

उद्योगहरुले उद्योग सञ्चालन नै पहिलो प्राथमिकता राखेर किस्ता बुझाएका हुन । ‘किस्ता बुझाउनु भनेको हामीले ट्रंक लाइन लिएको भने कदापी हैन, हामीलाई जबरजस्ती ट्रंकलाइनमा जोडिएको हो ।’ पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले भने । 

‘बुटवल भैरहवा करिडोरका उद्योगीको समस्या अन्य उद्योगी बन्द फरक हो, यो सरकारले बुझनुपर्छ । सबै उद्योगीहरुलाई एउटै डालोमा हाले यहाँको उद्योग प्रति अन्याय हुन्छ । आफ्नो गल्ती ढाकछोप गर्न विधुतले उद्योगी माथि यो लादेको हो । हामीले यो स्वीकर नगरेको कारण नै विुधत नियमन आयोग (इआरसी )मा न्यायको लागि निवेदन दिएका छौ ।’ साहुले भने 

‘हामीले अघिल्लो शुक्रबार बाट उत्पादन ठप्प पारेपनि कर्मचारीलाई विदा दिएका छैनौ । तलब पनि काट्दैनौ, दैनिक २ लाख ३० हजार खर्च गरि जेनरेटर चलाएर क्वाटर र कार्यालयमा विधुत चलाएको बताए । न्यायालय प्रति विश्वास छ, हामी न्यायको लडाई लडिरहेका छौ ।’ साहुले भने  

बुटवल भैरहवा क्षेत्रका उद्योगीहरुले विधुतको आन्तरिक लोड मिलान गर्नका लागि जानकारी विनै ट्रंक लाइनमा १६–१७ वटा उद्योग जोडेको रहेछ । बक्यौताको लागि बिल मात्रै दिएको छ, सुचनाको हक प्रयोग गरी प्रमाण माग्दा समेत केही प्रमाण नदिएको उद्योगीहरुको भनाई छ । 

उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् । पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टीलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लास्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगहरुले पहिलो किस्ता तिरेका छन् ।

बाध्यात्मक अवस्थाका कारण बक्यौताको २८ किस्ता मध्ये एक किस्ता बापत दुई लाख ८० हजार रुपैयाँ तिरेपछि प्राधिकरणले दुई उद्योगमा लाइन जोडिदिएको पञ्चकन्या समुहका महाप्रबन्धक साहुले बताए ।

उद्योगी विनाको वार्ता 

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच छलफल चलेपनि छलफलमा यस क्षेत्रको कुनै पिडित उद्योगीको प्रतिनिधत्व नरहेको बताएका छन । 

महासंघका अध्यक्ष चन्द्र ढकालले सोमबार अपराह्न सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई भेटी डेडिकेटेड फिडर र टंक लाइनको बक्यौता सम्बन्धी विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव गरिएको थियो । नेपाल विद्युत प्राधिकरणले दिएको २८ किस्ताको सुविधालाई स्वीकार गरी एक किस्ता बराबरको रकमलाई धरौटीका रुपमा उद्योगहरुले बुझाएपछि काटिएको विद्युतको लाइन तुरुन्त जोड्ने प्रस्ताव गरिएको थियो । धरौटी रकम बुझाएपछि उद्योगीहरु पुनरवलोकनमा जान पाउने छलफल भएको छ ।

छलफलमा विवाद बारे जानकारी भएको उद्योगी नै भएकोले समावेश गरेको भए निश्कर्ष र न्यायको लागि सहज हुन्थयो तर यस क्षेत्रको पिडितको प्रतिनिधित्व समावेश नगराएकोमा दुख व्यक्त गरे । 


प्रतिक्रिया