४७ वर्षपछि पहिलो वार्षिक उत्सव

खबर नागरिक

भैरहवा । सिद्धार्थनगर–१० मा अवस्थित श्री सुर्यदेव माध्यमिक विद्यालयले पहिलो पटक वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । 

विद्यालय स्थापना भएको ४७ वर्षको अवसरमा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा ४७ ओै वार्षिकउत्सव तथा अभिभावक दिवस मनाइएको हो । 

सो अवसरमा बोल्दै प्रमुख अतिथी उमा अधिकारीले विद्यार्थीहरुमा शिक्षा र सिप भए जस्तो अवस्थामा पनि लड्न सक्ने बताइन । विद्यालयको पर्वको रुपमा रहने वर्षिक उत्सव पहिलो पटक मनाएर ऐतिहासिक कार्य अहिले टिमले गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताइन । उनले विद्यालयको समग्र विकासमा योगदान दिदै आएको बताउदै यस क्षेत्रको विकासका लागि सधै तयार रहेको बताइन । 

विद्यालयका प्रधानाध्यापक भरत गिरी गोसाईले विद्यालयको हालको अवस्था, प्रगाति र योजनाबारे जानकारी दिदै छोटो समयमा उल्लेखीय प्रगति हासिल गर्न सबै टिमको सहयोग रहेको बताए । 

विद्यालयले स्थापना दिवसको अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ट विद्यार्थी, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट र विजेता विद्यार्थीहरुलाई सम्मान गरेको थियो । 

शिक्षक मञ्जु कुवरको स्वागत, विद्यालय व्यवस्थापन समितका अध्यक्ष हरिद्वार प्रसाद  जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी १० नं वडा सदस्य कपिलदेव गिरी गोसाई, यस क्षेत्रका विभिन्न विद्यालयका प्रअहरु, पूर्व शिक्षक तथा विद्यार्थीहरुले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक गंगालाल जैशीले गरेका थिए ।



प्रतिक्रिया