चरन क्षेत्र बन्दै अटो भिलेज, गएका व्यवसायी पनि शहर केन्द्रित

खबर नागरिक

भैरहवा । सिद्धार्थनगरमा यत्र तत्र छरिएर रहेका ग्यारेज, वर्कशप, अटो मेकानिक्सलाई एक ठाउमा व्यवस्थित गरी नगरको सौन्दर्यता बढाउनका लागि सद्धार्थ अटो भिलेजको अवधारणा आएको दशक वित्दा समेत उनीहरु शहरमै केन्द्रित भई काम गर्दा अटो भिलेजले पूर्णता पाउन सकेको छैन । 

सिद्धार्थनगर नगरपालिकाले सुन्दर र सफा नगरको रुपमा बिकास गर्ने अवधारणा अन्र्तगत नगरक्षेत्रमा छरिएका ग्यारेज, वर्कशप, अटो मेकानिक्स लगायतका व्यवसायलाई एकै स्थानमा ल्याउने भनि २०७० सालमा सम्झौता गरे पनि कार्यान्वयन नगर्दा अटो भिलेजमा चहलपहल बढेको छैन । नगर क्षेत्रका श्रमिक र व्यवसायीहरु अटो भिलेज नजादा शहर त कूरुप भएको छ भने अटो भिलेज तर्फ विकासले गति लिन सकेको छैन । 

सिद्धार्थनगर नगरपालिकाले नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरसँग एक दशक अघि दुबै पक्षले गर्ने गरी ११ बुदे, नगरपालिकाले गर्नुपर्र्नेे १० बुदे र युनियनले गर्नुपर्ने ३ बुदे सम्झौता गरेपनि स्थानीय सरकारको दोस्रो कार्यकाल सकिन लाग्दा समेत नगरपालिकाले ध्यानाकर्षण नगर्दा रुपन्देहीको सिद्धार्थनगर–९ गोनहिया स्थित सिद्धार्थ अटो भिलेज ले पूर्णता पाएको छैन । 

स्थापना भएर पूर्वाधारहरु बनेपनि नगरक्षेत्रका श्रमिक र व्यवसायीहरु मनोमानी रुपमा शहरमै केन्द्रित भई काम गर्दा अटो भिलेजले पूर्णता पाउन नसकेको हो । हामीलाई राम्रो हुन्छ, शहरको पनि सौन्दर्यता बढ्छ भनि नियम मान्ने व्यवसायीहरु पनि अटो भिलेज क्षेत्रबाट पलायन हुने अवस्था छ ।

अटो भिलेजका लागि श्रमिकहरुले जग्गा खरिद गरे सडक, विद्युत लगायत आवश्यक सम्पूर्ण पूर्वाधार नगरपालिकाले बनाउने सम्झौता गरेको थियो । जसो तसो ति पूर्वाधारहरु जोडिए पनि नगरका व्यवसायीलाई स्थानान्तरणका लागि नगरपालिकाले कुनै चासो नदेखाएको युनियन र अटो भिलेजका श्रमिकहरुको गुनासो छ ।

श्रमिकहरु मध्ये अधिकांशले बैंकबाट ऋण लिएर गोनहियामा एकै स्थानबाट ग्यारेज संचालनका लागि १२ विघा जग्गा खरिद गरे । सम्झौता अनुसार भवन समेत बनायौँ, तर अहिले नगरपालिकाले अटो भिलेज संचालनमा ल्याउनका लागि आनाकानी गरिरहेको छ, नेपाल अटो मेकानिक्स टे«ड युनियन सिद्धार्थनगरका अध्यक्ष गुमानसिंह सारु मगरले भने । उनले भने ‘नगरपालिकाले बाध्यत्मक निर्णय गरेर उनीहरुलाई यहाँ ल्याउन सकिन्छ, नगरपालिकाले कडाई गरेर अटो भिलेज नगएसम्म नविकरण नगरदिने, विधुतको लाइन काटेर भएपनि यो समस्या समाधान हुन सक्ने अध्यक्ष सारु मगरले भने ।

पहिलै सञ्चालनमा आईसक्नु पर्ने अटो भिलेज कहिले विद्युतको अभाव त कहिले बाटो घाटो को कारण संचालनमा आउन सकेको थिएन । अहिले केही भए पनि पूर्वाधारको काम भएको छ, केही व्यवसायी आएर काम सुरु गरेपनि बजार क्षेत्रबाट सबै व्यवसायी यहाँ आएका छैनन । गएका व्यवसायीहरु पनि पुनः बजार तर्फ फर्किएका छन र

राजमार्गमा राम्ररी व्यवसाय संचालन गरिरहेको अवस्थामा नगरलाई सुन्दर र सफा बनाउने अवधारणा अन्र्तगत आफुलाई बजारबाट अटो भिलेजमा व्यवसाय संचालन गरेको छु, अहिले सबै साथीहरु यहाँ नआउदा चहलपहल छैन, काम पनि कम भएको छ, बजारमै काम हुने भएपछि यति भित्र को आउछ धनिराम चौधरीले भने । 

आएको १२ वर्ष भयो , बजार भन्दा बाहिर परेकोले व्यवसाय नभएको बताए । यहाँ व्यवसायी बढे भने हिम्मत आउछ हैन भने म पनि यहाँबाट बाहिर जाने सोच बनाएको छु । उनले भने 

व्यवसाय धरासय अवस्थामा पुगेपनि भिलेज संचालनमा नगरपालिकाले कुनै वास्ता गरेको छैन । धेरै पिडा छ तर हाम्रो पिडा नगरपालिकाले बुझेको छैन । व्यवसायीहरु सुनाउछन ।

सिद्धार्थ अटो भिलेज संचालनमा ल्याउन खोजेको नगरपालिकाले आफ्नै सम्झौता कार्यान्वयन नगरी उल्टै सम्झौता विपरीत ठुला व्यवसायीहरुलाई लुम्बिनी रोडमा ‘मिनी’ अटो भिलेज संचालन गर्न छुट दिएकोे छ । सम्झौताको बुदाँ नम्बर ४ मा अटोमेकानिक्स सम्बन्धी व्यवसाय गर्ने सम्पूर्ण व्यवसायीलाई सिद्धार्थ अटो भिलेज बाहेक अन्यत्र व्यवसाय गर्न नपाउने गरी दुवै पक्ष (नगरपालिकाका र व्यवसायी) ले आवश्यक भुमिका र पहल गर्ने उल्लेख रहेपनि नियमन गर्ने निकाय नगरपालिकाले आफ्नै सम्झौताको उल्लंघन गरी व्यवसायीहरुलाई लुम्बिनी रोड र शहरका अन्यत्र ठाँउमा ग्यारेज वर्कशप संचालन गर्नमा छुट दिएको सचिव दिल बहादुर कवरले भने । 

हामीलाई यहाँ पठाएर नितिगत रुपमा निर्णय लिए अरु पनि आउथे तर नगरपालिकाले सकेको छैन । सबै छरेर बसेकोले काम गर्न अवस्था आएको छैन । सबै एकै ठाउ भए ग्राहकले एकै ठाउमा सेवा सहज रुपले पाउने थिए ।

भैैरहवाको लुम्बिनी रोड, अंचलपुर, पडसरी, वाइपास, हाटबजार र बसपार्क क्षेत्रमा अव्यवस्थित रुपमा अटो मेकानिक्सहरु ग्यारेज संचालन गर्दै आएका छन । जसले सिद्धार्थनगरको नारा ‘क्लीन ग्रिन इकोफ्रेण्डली’ लाई गिज्याएको छ ।

अझै पुलको समस्या छ, सर्भिस रोड हुदै आउनु पर्ने बाध्यता रहेकोले हाइवे खोल्नु पर्ने, बाटो र पूर्वाधारको काम अझै व्यवस्थितगर्नु पर्ने लगायतको समस्या रहेको अटो भिलेजमा स्थापित व्यवसायीहरुको माग छ । 

यता सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले सिघ्र व्यवस्थापन गर्न हामी लागेको हो  सिद्धार्थनगरलाई सुन्दर सुरक्षित र सभ्य बनाउनका लागि अटोभिलेज व्यवस्थापन अपरिहार्य छ र सबै एक भएर लाग्नु पर्ने बताए । 


प्रतिक्रिया