बालेनको ३ जिल्लामा गाडी सवारी सरररर...

खबर नागरिक

भैरहवा । मर्चवारी–६, मर्चवारीदेवी मन्दिर दर्शन गर्न आउने भनेर प्रचार गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका बरिस्ठ नेता बालेन शाह मन्दिर परिसर नै प्रवेश नगरी लुम्बिनी गएका छन ।

स्थानीय र समर्थकले घण्टौदेखि प्रतीक्षा गरेर बसेको बेला बालेन बाहिरबाटै गाडीमा घण्टी र हात हल्लाउदै गएपछि  उपस्थित सबैले आक्रोस पोखे । 

देश दौडाहामा रहेका बालेनलाई अहिले भ्याइनभ्याइ छ । हेर्न र सुन्न विहानैदेखि प्रतिक्षारत रहेका समर्थकलाइ उनको भ्रमणले खिस्स बनाएको छ । 

मर्चवारको ऐतिहासिक मन्दिरको रूपमा रहेको मर्चवारीदेवी मन्दिरमा पुजा र हवन ग्रनका लागि तयारी भएपनि मन्दिरको ढोकैमा प्रवेश नगरी भित्रैबाट हेर्ने अपेक्षाले बसेका केही समर्थकहरूले उनलाइ हेर्न पनि नपाएका हुन । 

उनी मन्दिरको अगाडीबाट आई पछाडीबाट गाडीमै सरर फर्के । कार्यकतालाई समेत छक्याएर उनी त्यहाबाट सिधै लुम्बिनी तफ लागे । स्थानीय नेताहरूले केही मर्चवारको परिक्रमा पछि आउने आशमा केही बेर बसे पनि पछि नआउने पक्का भएपछि आलोचना समेत गर्न लागे । 

केहीले मदाडी देखाउन आएको, केहीले क्रिएश्चन भएकोले मन्दिर नपसेको भने । केहीले त बालेनकै मिल्ने साथी गुमाएकोले शोकमा भएकोले मन्दिर नगएको प्रतिक्रया दिए ।

नेता दर्शन नै नगरी गएपछि स्थानीय नेतालाई पनि गा्राहो भएको छ । स्थानीय नेताहरु पनि शुभेच्छुक र कार्यकर्तालाई बालेन शोकमा भएकोले मन्दिर दर्शन नगरेको र पछि यहाँ आउने बाचा गरेको भनि जनतालाई भ्रमाए । 

शुभेच्छुकलाई त्यस्तो भनिरहदा उनीहरुको अनुहार नै रातो निलो भएको देख्निथ्यो । बस रिजभै गरेर टाढा टाढाबाट आएका कार्यकर्ताहरु पनि उनीबाछ रुष्ट भए । बालेनको यो कदमले स्थानीयलाई झन समस्या पार्ने स्थानीयहरुको भनाई छ । 


बालेनको यो रहस्यमयी र रुखो व्यवहारले त्यहाँ उपस्थित कार्यकर्ताहरुलाई स्तब्ध बनाएको छ । घण्टौं कुरेर पनि आफ्नो नेतालाई नजिकबाट देख्न वा दुई शब्द सुन्न नपाउँदा समर्थकहरुले अपमानित महसुस गरेका छन् ।

उनीहरुलाई हेर्न र सुन्न आतुर सयौको उपस्थिति भएपनि यहाँ गरेको व्यवहाले उनीहरुलाई कार्यकर्तालाई रुष्ट बनाएको छ । जसले उनीप्रतिको ’क्रेज’ माथि मात्र होइन, उनको संवेदनशीलतामाथि पनि गम्भीर प्रश्न उठाएको छ ।

मन्दिरका पुजारी शम्भुशरण दास सहित अन्य पुजारी र शुभेच्छुकहरु  मन्दिरमा पुजाको तयारी गरेर बसेका थिए,  लामो समयदेखि प्रतिक्षारत उनीहरु हेर्न समेत नपाइ मन्दिरकै अपमान गरेको अभाष गराए । हातासम्म पुगेर दर्शन नगरी फर्कनु धार्मिक आस्थामाथिको हल्कापनका रुपमा समेत अथ्र्याए । यहाँ उपस्थित सयौ श्रद्दालुहरुको भावना माथिको खेलवाड भएको उनको प्रतिकृया थियो । नयाँ भनिएको पार्टीको नेताको व्यवहार पनि पुराना दलका नेताहरूभन्दा फरक नर्भएको उपस्थितको भनाई थियो । 

उनी यहाँ मात्रै होइन, रुपन्देही कपिलवस्तुमा पनि केही बोलेनन  । गाडीबाटै घण्टी बजाउदै हास्तमिलन गरे ।,। उनलाई स्वागतमा ठाउ ठाउमा पुष्प वर्षा गराइएको थियो । भैरहवाको मिलन चोकमा पनिलाई सयौँले स्वागत गरे । 


गौतमबुद्ध विमानस्थल हुदै मर्चवारबाट रुपन्देहीको यात्रा सुरु गरेका उनी लुम्बिनी हुदै कपिलवस्तु गएका हुन । कपिलवस्तुमा पार्टीका सभापतिको पहिलै देखि भ्रमण भइरहेको थियो । रावि जस्तै बालेन साह पनि नरोकिएपछि कपिलवस्तुका घण्टी समर्थकहरु रिसाए । पहिले लामिछानेको र पछि बालेनको कुरा सुन्न बिहानैदेखि कुरेर बसेका रास्वपा कार्यकर्ता तथा घण्टी समर्थकहरू आफूलाई बेवास्ता गरेको थाहा पाएपछि रिसाएका हुन् । आज दिनभर ३ जिल्लाका विभिन्न स्थानमा हुने भनिएको कार्यक्रमको बीचबाटै उनीहरु फर्केका छन् । कही नरोकिएर बालेनको गाडी सरासर अघि बढेपछि स्थानीय कार्यकर्ता तथा समर्थकहरु खिन्न भए  ।

बालेनको निजी सचिवालयका अनुसार रूपन्देही – कपिलवस्तु – नवलपरासी जिल्लाको भ्रमण कार्यसूचि अनुसार शनिबार मार्चवारी मन्दिर, लुम्बिनी पर्सा चोक, तौलिहवा, बहादुरजंग , चन्द्रौटा, ४ नं. कपिलवस्तु, भैरहवा, धकधई , परासी चोक बेलासपुर, गोपीगञ्ज , बेलाटारी , कुडिया , बर्दघाट र बुटवल देवीनगर जाने कार्यक्रम रहेको थियो । 



प्रतिक्रिया