पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृत कार्यालयका अनुसार भरत थापाले पहिला उम्मेदवारी दर्ता गरेकोले उनको नाम कायम गरिएको हो।
नेपाली कांग्रेसका सभापति गगन थापाले एकै क्षेत्रका लागि भीमबहादुर थापा क्षेत्री (भरत) र देवेन्द्र राज कँडेल (मुन्नाबाबु) दुवैलाई टिकट दिएर पठाएपछि विवाद उत्पन्न भएको थियो।
सुरूमा नेपाली कांग्रेसको तर्फबाट भरतले उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन कार्यालयमा ७ नम्बरमा उम्मेदवारी दर्ता गराएका भरतको प्रस्तावकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक र समर्थकमा यमलाल भुसाल रहेका छन्।
कँडेलको उम्मेदवारी रद्द भइ उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको हो । दुइ जनाले मनोनयन दर्ता गराएपछि आधिकारिकताको विषयमा विवाद देखिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार थापाको उम्मेदवारी कायम राख्दै कँडेलको उम्मेदवारी रद्द गरिएको हो ।
जिल्लाको क्षेत्र नम्बर १ र २ ले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । कुल ५७ उम्मेदवारमध्ये ५५ जनाको मात्र उम्मेदवारी कायम भएको छ ।