थाइल्याण्डकी रानी सिनेनाथ बिलासकल्यानी लुम्बिनी आएकी छन । बिहीबार भारत हुदै लुम्बिनी अाएकी उनी शुक्रबार साढे १२ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुदै स्वदेश फर्किने छिन । उनी थाई एयर फोर्सको चार्टर्ड विमान ७३७ बोईङमार्फत २ बजे बैंकक प्रस्थान गर्नेछिन् ।
राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानी बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजामा सहभागी भएको लुम्बिनीस्थित थाई मोनास्ट्रीका प्रमुख भिक्षु फ्रा बोधी विदेशवजिरा शुद्धिले बताए । त्यसअघि उनले स्थानीय बासिन्दासँग भेटघाट गरेकी थिइन् ।
सीमावर्ती नाका भैरहवाको बेलहिया हुँदै उनी बिहीबार अपराह्न साढे ४ बजे लुम्बिनी आइपुगेकी हुन् । भारतका विभिन्न बौद्ध तीर्थस्थलमा पूजाआजा गरी ४१ वर्षीया उनी लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीमा बसेकी छिन् ।
शुक्रबार बिहान ९ बजे उनले मायादेवी मन्दिरमा पूजाआजा र प्रार्थना गर्ने कार्यक्रम छ । उनले बौद्ध धर्मावलम्बीको चार धाम मानिने बौद्धगया, सारनाथ र कुशीनगर पुगेर पूजाआजा गरिन् । चार धामअन्तर्गत पर्ने लुम्बिनी पूजाआजा गर्न यहाँ आएकी हुन् । उनी ७० सदस्यीय टोलीको नेतृत्व गर्दै यहाँ आएकी छन् ।
जनवरी २१ तारिखमा उनी चार्टर्ड विमानद्वारा भारत पुगेकी थिइन् । राजपरिवार सदस्य सिनेनाथ बिलासकल्यानी थाई राजा महावजिरालङकोर्नकी श्रीमती हुन् । राजाले उनलाई शाही नोबल कन्सर्ट ९अति विशिष्ट राजपरिवार सदस्य० उपाधि प्रदान गरेका छन् । त्यस्तै राजाले उनलाई भिक्षु भिक्षुणीलाई प्रदान गर्ने चौखुन फ्राको उपाधि पनि प्रदान गरेका छन् ।