भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन आज शनिबार रूपन्देहीका तीन वटा क्षेत्रमा संकल्प यात्रा गर्ने भएका छन ।
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्लाको क्षेत्र नम्बर १, २ र ५ मा संकल्प यात्रा गर्न लागेका हुन ।
जिल्ला पार्टी कार्यालय अनुसार शनिबार क्षेत्र नम्बर १ मा दिउँसो १ बजेर ३० मिनेटमा लिङ्देनको संकल्प यात्रा प्रवेश गर्नेछ । यसपछि १ः४० मा खैरेनीमा कोण सभा हुनेछ । २ बजे क्षेत्रको सितलनगर, २ः२० भवानीपुर, २ः४० मा सिक्टहन–शंकरपुर, ३ बजे धकधईमा कोणसभा हुनेछ । यस्तै, ३ः३० मा पट्खौली, ३ः४५ मा सग्रहवा, ३ः५५ मा कान्छीबजार र ४ः१० मा मंगलापुर–मणिग्राम संकल्प यात्रा हुने राप्रापले जनाएको छ ।
यस्तै, अध्यक्ष लिङ्देनको संकल्प यात्रा दिउँसो ४ः३५ मा क्षेत्र नम्बर २ मा प्रवेश गर्नेछ । बुटवल हुँदै यात्रा ४ः५५ बजे मुर्गिया संनामैना पुग्नेछ । यस्तै, क्षेत्र नम्बर ५ मा ५ः३० बजे रामपुर कलौनीमा कोण सभा हुनेछ ।
राप्रपाले संकल्प यात्रामार्फत कार्यकर्ता परिचालन, मतदाता भेटघाट तथा पार्टीका एजेन्डा सार्वजनिक गर्ने जनाएको छ । संकल्प यात्राले पार्टी पंक्ति र आम मतदातामा नयाँ तरंग ल्याउने अपेक्षा छ । ‘संकल्प यात्रा’ अन्तर्गत कोणसभा तथा कार्यकर्ता भेटघाट हुनेछ ।