भैरहवा । रुपन्देही प्रहरीले बुटवलबाट बिलबिजक नभएको लाखौं रुपैयाँ पर्ने मदिरा नियन्त्रणमा लिएको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगर स्थित मैत्रि पथमा रोकेर राखिएको २ वटा गाडीबाट १० लाख बढी मूल्यको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।
अबैध मदिराको कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्दा बाटोको किनारामा पार्किङ गरि राखेको बिल बिजक नभएको लु२च ४९३५नं को बलेरो गाडीमा रहेको ५३ पेटि र लु २ च ५०७८ नम्बरको छोटा हात्ति गाडीमा रहेको २४ पेटि गोल्डेन वाक नामको ७७ पेटी मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
दुबै गाडीमा रहेको ७७ पेटि ३६९६ पिस मदिराको अन्दाजी मुल्य रु १० लाख ७८ हजार र दुबै गाडीको मुल्य अन्दाजी १७ लाख कायम गरि बरामद सामान र दुबै सवारी साधन आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा पठाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक निसान्त श्रीवास्तवले जानकारी दिए । उक्त गोदाम बुटवल–८ सुख्खानगरका रामप्रसाद घिमिरेको रहेको प्रहरीले जनाएको छ ।