भैरहवा । निजी विद्यालयहरुको संस्था प्याब्सनले राष्ट्रिय स्तरको नृत्य प्रतियोगिताका लागि सिद्धार्थनगर स्तरीय लोक नृत्य छनोट प्रतियोगिता गरेको छ ।
नेपाल बहुभाषा बहुजाती बहुसास्कृतिक देश भएकोले हरेक संस्कृतिलाई संरक्षण, सम्बवद्र्धन गर्नुपर्छ भन्ने उद्धेश्यले अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता गरेको हो । यस नगरमा २५ वटा विद्यालय संस्थामा आबद्ध भएतापनि ११ वटा विद्यालय ा विद्यालयको समूह बीच प्रतियोगिता भएको संस्थाका अध्यक्ष उदय कुमार मल्लिकले जानकारी दिए ।
नेपाली कला र लोक संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्नका लागि केन्द्रले आयोजना गरेको प्रतियोगितामा यहाँबाट उत्कृष्ट ३ वटा टिम जिल्ला तहमा र जिल्लाबाट प्रदेश हुदै केन्द्र तहमा प्रतिस्पर्धा गर्ने बताए ।
यो चौथो संस्करणको प्रतियोगिता हो र वर्षेनी संस्थाले लोक नृत्य प्रतियोगिता गर्दै आएको कार्यक्रम संयोजक निकेश हटुपालले जानकारी दिए । प्रतियोगिताले विद्यार्थी सहित समाजमा नेपाली संस्कृति, संस्कार प्रति अवगत हुने र कला संस्कृतिको जर्गेना हुने उनले भने ।
प्रतियोगितामा मून लाइट सेकेन्डरी स्कुल प्रथम, सन साईन बोर्डिङ सेकेन्डरी स्कुल द्वितीय, काशी नोबल एकेडेमी तृतीय एवं आदर्श विद्या मन्दिर र पश्चिमान्चल सेकन्डरी स्कुल सान्तवान भएको निर्णायकले जानका।ी दिएका छन । विजयी विद्यालयलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा प्रथम , द्वितिय र तृतिय भएका विद्यालयहरु जिल्ला स्तरिय लोक नृत्य प्रतियोगिताको लागि छनौट भएका हुन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञावाली, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, डा.ज्ञानदेव हटुवाल लगायतले बोल्दै नेपाली समाजमा विस्तारै पश्चिमी संस्कृतिको प्रवेशले यहाको लोक संस्कृतिमा असर परेकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै लोक संस्कृतिको संरक्षण्, सम्वद्र्धन विद्यालय स्तरबाट गर्न जरुरी रहेको बताए । संस्थाले निरन्तर गर्दे आएको लोक नृत्य प्रतियोगिताले संसकृतिको जर्गेना मात्रै नभई यसले विद्यार्थीहरुमा लोक संस्कृति प्रति आकर्षण बढ्ने, विद्यार्थीको प्रतिभा प्रस्पुटन गर्ने र नेपालीको लोक संस्कृतीको सिकाईमा टेवा पुर्याउने बताए ।
निर्णायकद्वय अनु रजक र श्री थापाले मौलिकता, प्रस्तुती, श्रृंगार, भेषभूषा, ताल र भाव, कोरियोग्राफी र सैधान्तिकको आधारमा मुल्याङकन गरेका थिए ।