भैरहवा । अवैध मदिराका कारण वैध व्यवसायीहरु मर्कामा परेको व्यवसायीहरुले गुनासो गरेका छन । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको पाचौ साधारणसभा तथा तेस्रो अधिवेशनमा बोल्दै व्यवसायीहरुले अवैध मदिरा नियन्त्रणका लागि सामूहिक प्रयास नगरे राज्यको राजस्व पनि गुम्ने र व्यवसायीहरु पलायन हुने अवस्था आउने बताए ।
घरेलु मदिरा, विभिन्न स्वरुपका राजश्व छलीका मदिराको विगविगीले वैध रुपमा राजश्व तिरेर व्यवसाय गर्दै आएका व्यवसायीहरुले प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको व्यवसायीहरुको भनाई छ । हामी अनुशासित भएर काम विल विनाको व्यापार गर्नुपर्छ । घरेलु र अवैध काम गर्नेलाई कारावाहीको दायरामा ल्याउनका लागि प्रशासनिक निकायलाई सहयोग गरी अवैध कामलाई निस्तेज गर्नुपर्नेमा व्यवसायीहरुको एकमत रहेको बताए । अहिले व्यवसायी घट्ने अवस्थामा छन, यो व्यवसायमा लगानी गर्ने उत्साह नभएकोले उद्योग व्यपार संगठनहरुले पनि समन्वयकारी भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी आन्तरिक राजश्व कार्यालय भैैरहवाका प्रमुख प्रेमराज पोखरेलले उद्योगी व्यवसायीको सहजीकरण गरिदै आएको बताउदै कारवाही र धरपकड गर्नु भन्दा छयाप्छयाप्ती रहेको अवैध मदिरालाई न्युनीकरण गर्ने तर्फ सबैलाई सहकार्यको लागि अनुरोध गरे ।
नेपालको ४५ वटा कार्यालय मध्ये भैरहवाले मात्रै लक्ष्य पार गरेको बताउदै उनले यो योग्दानमा ८२ प्रतिशत योगदान अन्तशुल्कको रहेको बताए । अन्तशुल्क मध्ये पनि मदिराकै ५० प्रतिशत योगदान रहेतापनि अझै पनि करको दायरामा ल्याउनु प्रतिबद्ध रहेको बताए ।
कार्यालयले अबको तयराी संयुक्त अनुगमन गर्ने र अन द स्पट कारवाही गर्ने योजना बनाएको छ । यो वर्ष अन्तशुल्कको रेट हरेक वर्ष बढ्थ्यो अहिले नबढेको बताउदै प्रशासनको पहुच कम भएको क्षेत्रमा नक्कली स्टिकर लगाउने, एउटा स्टीकर दुईवटामा लगाउने, भारतबाट तस्करी भएर आउने लगायतको समस्या रहेकोले विस्तारै यो न्यूनिकरणतर्फ जाने बताए ।
संघका अध्यक्ष बाबुराम पाण्डेयले व्यवसायीहरुको हकहितका लागि व्यवसाय सञ्चालन गर्दा आएका बाधा, अड्चन र समस्यालाई समाधान गर्न सम्बन्धित निकायमा पहल गर्दै आएको बताए । उनले मदिरा व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन बुलन्द रुपमा आवाज उठाउँदै आएको बताए ।
संघकम संस्थापक अध्यक्ष केशव ज्ञवालीले २०७७ सालमा संघको स्थापना समय परिस्थिती र आवश्यकता अनुसार स्थापना गरेकोले यसक्षेत्रको व्यवसायीहरुको हकहीतमा प्रतिबद्ध भएर काम गरिरहेको बताए ।
संस्थाले एक वर्षको दौरान उत्कृष्ट २६ वटा कार्य गरेकोले यो संस्था नेपालकै राम्रो संस्थाको रुपमा परिचय बनाएको छ । संस्थाले सो अवसरका योग्दान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरेको छ भने रोहिणी २ मा अवस्थित शैलेन्द्र मदिरा पसलमा चोरी भएको पछि राहतकोष मार्फत सहयोग हस्तान्तरण गरेको संघका महासचिव यादव पोख्रेलले बताए ।
अध्यक्षमा पोखरेल
मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो अधिवेशनले यादव पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन निर्वाचित गरेको छ ।
यस्तै वरिष्ठ उपाध्यक्षमा भागीरथ पाण्डे, उपाध्यक्षमा तेज बहादुर खत्री, महासचिवमा सुन्दर भण्डारी, सचिवमा बालकृष्ण आचार्य, कोषाध्यषमा बिनोद आचार्य, सहकोषाध्यक्षमा प्रकाश पाण्डे निर्वाचित भएको निर्वाचन अधिकृत संयोजक खिम बहादुर खत्रीले जानकारी दिए ।
यस्तै कार्यसमिति सदस्यहरुमा पिताम्बर खनाल, रमेश धवल, उमानाथ पोखरेल, गंगाराम पराजुली, सुनिल यादव, चिरञ्जीवी भटरटराई, श्याम गिरी, दिपेन्द्र यादव र हेमराज पौडेल निर्वाचित भएको निर्वाचन अधिकृत खत्रीले जानकारी दिए ।