काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले गृह मन्त्रालयको संवेदनशीलता औंल्याउँदै कतिपय कामबारे सार्वजनिक रूपमा बताउन नसकिने बताएका छन्। उनले आफ्नो कार्यशैलीप्रति आलोचना भइरहेका बेला फेसबुकमार्फत प्रतिक्रिया दिँदै शुद्ध मनले जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गरेका छन्।
उनका अनुसार, “गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौं भन्ने त भन्न मिल्दैन, के गर्यौं भन्ने समेत बताउन नसकिने अवस्था हुन्छ। त्यसैले शुद्ध चित्तले कर्म गर्नुबाहेक अर्को विकल्प छैन।”
जेनजीका अगुवा सुदन गुरुङले मन्त्री अर्यालको काम गर्ने ढङ्गबारे प्रश्न उठाइरहेका सन्दर्भमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। साथै, गृहमन्त्री अर्यालले सुशासनको बाटोमा अघि बढ्दै देशलाई निर्वाचनमार्फत् स्थायित्व र निकासतर्फ डोर्याउने सरकारको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।