ईपीएस भाषा परीक्षा आजदेखि सुरु, पहिलो चरणमा ६७ हजार उत्पादन क्षेत्रका आवेदक सहभागी

खबर नागरिक

काठमाडौं। रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत दक्षिण कोरिया जान इच्छुक नेपालीहरूको भाषा परीक्षा आजदेखि प्रारम्भ भएको छ। पहिलो दिन उत्पादन क्षेत्रका आवेदनकर्ताहरूको परीक्षा लिइँदैछ। उत्पादन क्षेत्रमा मात्र करिब ६७ हजार युवाले आवेदन दिएका छन्।

सन् २०२५ का लागि कोरिया जाने उद्देश्यले ईपीएसमा एक लाख दुई हजार ५१५ जनाले आवेदन भरेका छन्। तीमध्ये पहिलो चरणमा उत्पादनतर्फका आवेदकलाई प्राथमिकता दिँदै भाषा परीक्षा सुरु गरिएको ईपीएस शाखाले जनाएको छ। दोस्रो चरणमा भने कृषि तथा पशुपालन क्षेत्रमा आवेदन गरेका करिब ३५ हजार जनालाई परीक्षामा सहभागी गराइनेछ।

यसअघि कोरिया जान रोस्टरमा नाम रहेका युवाहरूले आफूहरूलाई पहिला अवसर दिनुपर्ने माग राख्दै परीक्षा स्थगित गरिनुपर्ने बताउँदै आएका थिए। यद्यपि, त्यही समयमा उत्पादन क्षेत्रका आवेदकहरूको परीक्षा प्रक्रिया अघि बढाइएको हो। 

ईपीएस शाखाका अनुसार भाषा परीक्षा करिब दुई महिनाभित्र पूरा गर्ने तयारी गरिएको छ।


प्रतिक्रिया