भैरहवा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रुपन्देही–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार फैज अहम्मद खाँनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको साथै भैरहवालाई पर्यटकीय हबको रूपमा विकास गर्नका लागि प्रतिवद्ध रहेको बताएका छन् ।
सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी भन्ने नाराका साथ उनले सत्ता केन्द्रित राजनीतिज्ञ भन्दा जनता केन्द्रित राजनीतिज्ञ रहेको बताए । सत्तामा पुगेपछि सडक संघर्ष, मजदुर, किसान, आन्दोलन र सामाजिक न्यायका मुद्दामा निरन्तर सक्रिय रहने उनको भनाई छ ।
यस क्षेत्रका युवा तथा महिला सशक्तिकरणका लागि प्रतिवद्ध रहेको बताएका छन् । जेनजी आन्दोलनको मर्म बमोजिम युवा तथा महिला सशक्तिकरणका लागि प्रतिबद्ध रहेको बताए ।
घरदैलो अभियानमा रहेका यस क्षेत्रको शालिन नेताको रुपमा परिचय बनाएका फैजले पिछडिएका तथा सीमान्तकृत समुदायको प्रत्यक्ष सशक्तिकरणका लागि शिक्षा, स्वास्थ्य, रोजगारी र प्रतिनिधित्वमा विशेष अवसर सिर्जना गरिने उल्लेख गर्दै खाँनले समावेशी विकास नै दिगो विकासको आधार भएको बताए ।
अहिले गणतन्त्रको सहारामा पपुलिज्मका सिद्धान्तलाई पछ्याउँदै नयाँ शक्तिहरू देशभर विभिन्न चुनाव चिन्ह लिएर जनतामा भ्रम छर्दै छन होसियार बनी आफ्नै देश आफैं निर्माण गरौँ भन्ने योजनाका साथ फैज निर्वाचनको मैदानमा छन । मुलुक अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा जेनजी आन्दोलन पछिको विषम परिस्थितिलाई मध्यनजर गर्दै देशलाई सही दिशा तर्फ निर्देशित गर्ने अभिप्रायका साथ उनले स्थानीय विकास निर्माणमा भएको अनियमितता रोक्ने, भैरहवा भन्सार कार्यालय व्यवस्थित र पारदर्शी बनाउने, ड्राइपोर्ट आइसीपि लाई रेल सञ्जालसँग जोड्न पहल गर्ने, अटोभिलेज व्यवस्थापन सुधार र संचालन गर्दै सरकारी विद्यालयको शैक्षिक र भौतिक गुणस्तरको वृद्धिसँगै,एक पालिका एक नमूना विद्यालय योजना लागूगर्ने लगायतका प्रतिबद्धता सहित जनताको घर घरमा पुग्दै छन ।