मान्यता नदिए कांग्रेस सडकमा उत्रिने चेतावनी

खबर नागरिक

माघ २ । निर्वाचन आयोगले मान्यता नदिए कांग्रेसले कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेसले यस्तो अवस्था आए देशव्यापी संघर्ष थाल्ने स्पष्ट पारेको हो ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगबाट नकारात्मक निर्णय आए त्यसको प्रतिवादमा सडक संघर्ष गरिने बताए ।

निर्वाचन आयोग गलत दिशातर्फ जानेमा आफूहरू विश्वस्त नभए पनि आशंका भने कायमै रहेको उनको भनाइ थियो । आयोगले कांग्रेसलाई मान्यता नदिएको खण्डमा पार्टी संगठनलाई गाउँ, वडा हुँदै देशभर आन्दोलनमा उतारिने उनले स्पष्ट पारे ।

चारतारे झण्डासहित कार्यकर्ता सडकमा उत्रने उल्लेख गर्दै खड्काले त्यसका लागि पार्टीका सम्पूर्ण कार्यकर्ता तथा भ्रातृ–संघसंस्थालाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छन् ।

प्रतिक्रिया