भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका १ ठुटिपिपलमा केन्द्रिय कार्यालय रहेको सहकारी संस्था टुगा आस्था बिकास बचत तथा ऋण सहकारी संस्था लि.ले आ.व.२०८२÷०८३ को अर्धवार्षिक समिक्षा गरेको छ ।
संस्थाको संचालक समिति, लेखा सुपरिबेक्षण समिति, सल्लाहकार, उपसमिति र व्यवस्थापनको उपस्थितीमा ९२ करोड ३१ लाख बराबरको वासलात रहेको पुंजीको समग्र वित्तीय विश्लेषण सहितको समिक्षा गरिएको हो ।
संस्थाका अध्यक्ष डी.बि.थापाको अध्यक्षतामा केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाको प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेलले रुपन्देही जिल्लाकै नमुना सहकारी रुपमा स्थापित भई आफ्नो छुट्टै पहिचान बनाउँदै आईरहेको उक्त संस्थाले वित्तीय कारोबार सँगै आफ्ना सदस्यहरुको जीवन स्तर उकास्न ठूलो सहयोग समेत बताए ।
संस्थाको आ.ब. २०८२।०८३ को वार्षिक बजेट एवं नीति तथा कार्यक्रमलाई अर्धवार्षिक आधारमा बजेट,वित्तिय कार्ययोजना र गैरवित्तिय कार्ययोजनामा वर्गिकरण गरी लक्ष्य र प्रगतिको समिक्षा साथै सबै वित्तिय संरचनाहरुलाई पल्र्स विधि मार्फत वित्तिय बिश्लेषण, समसामयिक बिषयमा रसंस्थामा संकलित पुँजिको स्रोत तथा स्रोत परिचालन सम्बन्धी संस्थाको समिक्षागत सामग्री प्रस्तुति प्रवन्धक लक्ष्मण काउचाले गरेका थिए ।
सहकारीको मुल्य, मान्यता र सिद्धान्तको पूर्ण पालना गर्दै अगाडि बढिरहेको सो संस्थाले बेला–बेलामा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु पनि संचालन गरिरहेको छ । आफ्ना सदस्यहरुको आवश्यकता मध्यनजर गरी संस्थाले रुपेन्देहीको भैरहवामा १ वटा र कोटिहवामा १ वटा गरी २ स्थानमा सेवाकेन्द्र समेत संचालन गरी कारोबार गर्दै आईरहेको छ ।
सचिव गोकुल पोख्रेलले संचालन उपाध्यक्ष परसुराम बास्तोलाको स्वागतबाछ सुरु भएको कार्यक्रममा सस्थाले संचालन गरेको बिमा योजना सेवा मार्फत ४ जना स्व. सदस्यको परिवारलाई बिमा रकम भुक्तानी गरेको थियो । सामुहिक म्यादी जीवन बिमा अन्तर्गत स्व. मनोरथ प्रसाद थारु र स्व. रतनमाला हलुवाईको परिवारलाई प्रति सदस्य रु. ५,२५,०००. बिमा रकम भुक्तानी गरेको छ भने ऋण बिमा सेवा अन्तर्गत स्व. अमन थापाले रु. ४,१०,०००. र स्व. भवानी देबी क्षेत्रीलाई रु. ७७,००० बिमा रकम भुक्तानी गरेको छ । साथै संस्थाले शेयर सदस्यलाई गरिदिएको सामुहिक दुर्घटना बिमा अन्तर्गत स्व. अमन थापालाई रु.५,००,०००. रकम भुक्तानी गरेको थियो ।
उक्त कार्यक्रममा संस्थाको शेयर सदस्य संख्या ७ हजार ३ सय २८ जना, बचत तथा निक्षेपतर्फ ७०करोड ३४ लाख, ऋण लगानीमा रहेको रकम ६३ करोड २० लाख र कुल सम्पत्ती ९२करोड ३१ लाख रुपैंया पुर्याउन संस्था सफल भएको अध्यक्ष डी.बि. थापाले जानकारी दिए ।
संस्थाको सल्लाहकार जीत बहादुर रास्कोटीले संस्थाको समग्र वित्तीय अवस्था बलियो रहेको र सस्थाको प्रबर्धन गर्नको लागि सदस्य तथा गैरसदस्य लाभ हुने कार्यक्रम तयार गरीयोजनाबद्ध रुपमा अगाडि बढ्न सुझाव दिए ।