भैरहवा । महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा आराधना गरी नेपाल लगायत हिन्दु धर्मालम्बी रहेका हरेक ठाऊँमा मनाइएको छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि हिन्दुहरूको एक प्रमुख चाड हो । भैरहवाको सिद्धार्थनगर नगरपालिका–८ स्थित शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्यो ।
धार्मिक आस्था र श्रद्धाले भरिएको वातावरणमा हजारौँ भक्तजनले भगवान् शिवको दर्शन तथा पूजा अर्चना ग।रे । बसडिलवा स्थित यस क्षेत्रकै ऐतिहासिक तथा प्राचिन शिव मन्दिरमा हो । विहानै २ बजे देखि भक्तजनहरुको लागि मन्दिर खुला गरेपनि दर्शनका लागि भिडले घण्टौ सम्म कुर्नुपर्ने अवस्था आयो । मन्दिर व्यवस्थापन समितिले हरेक वर्ष व्यवस्थापन बढाउदै गएपनि श्रदालुहरु बढ्दै गएकोले त्यसलाई मध्यनजर गर्दै शिव मन्दिर सञ्चालक समितिले तयारी गर्ने गरेको छ ।
शिवमन्दिर क्षेत्रको सरसफाई, सजावट , भक्तजनलाई सहज रुपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्था लगायत उपसमिति गठन गरि व्यवस्थापन गरिएको शिव मन्दिर संचालक समितिका अध्यक्ष पशुपति न्यौपानेले बताए ।
यस क्षेत्रकै पुरानो मन्दिर भएकोले यस प्रति आस्था राख्नेहरु रुपन्देहीका मात्रै नभई छिमेकी जिल्ला र भारतबाट पनि श्रदालु भक्तजनहरु आउने गर्छन । मन्दिर परिसरमा रहेको पोखरीको मध्य भागमा रहेको शिवका मुर्ति र वरिपरि रहेको १०८ वटा शिवलिङ स्थपना गरि थप व्यवस्थित गरिएको समितिका कोषाध्यक्ष विशाल चौधरीले बताए । भीड व्यवस्थापन, सरसफाइ, सुरक्षा र लाइन व्यवस्थापनमा विशेष ध्यान दिएको बताउदै उनले मन्दिर परिसरमा २५० वटा स्टल सहित वरपर ५०० वटा स्टल राखिएको बताए ।
सुरक्षाका हिसावले पनि महिला जनपद प्रहरी र स्थानीय स्वयंसेवकको सहयोगमा भक्तजनहरुलाई सहज तरीकाले मन्दीर प्रवेश र पुजाको व्यवस्था गरिएको उनले भने । भैैरहवाको पुरानो मन्दिर मध्ये यो शिव मन्दिर २०३६ सालमा जिर्णोद्वार भएको रुपन्देहीकै ऐतिहासीक मन्दिर हो । हरेक वर्ष शिवरात्रीको दिन यहा भव्य मेला लाग्दछ ।
विहानै देखि लामबद्ध भएर भक्तजनहरु बसेपनि केही समयमै पुजापाठ र दर्शनको व्यवस्था गरिएको शिव मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । महाशिवरात्रिको अवसरमा भजन–कीर्तन, आरती तथा विशेष पूजा कार्यक्रम हुने गर्छ । शिवरात्रीको अवसरमा मदिरा व्यवसायीहरुले स्वास्थ्य शिविर पनि राखेका थिए यस्तै अन्य संस्थाहरुले पनि प्रसाद वितरण, चिया वितरण, स्वयंसेवकको रुपमा खटिएर सेवा गरेका थिए ।