आज देशभरको मौसम सामान्यतया सफा रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन, जसका कारण अधिकांश भूभागमा मौसममा सुधार देखिएको हो।
महाशाखाले जनाएअनुसार, हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी स्थानमा मौसम सफा छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ भने देशका अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ।
राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ।
November 15, 2025