एमालेले टुंग्यायो रूपन्देहीको उम्मेदवार

खबर नागरिक

रुपन्देहीकाे पाँचै क्षेत्रका उम्मेदवार निश्चित भएको छ । एमाले बैठकले  रुपन्देही–१ दधिराम न्यौपाने, रुपन्देही–२ विष्णुप्रसाद पाडैल, रुपन्देही–३ बाट बासुदेव घिमिरे, रुपन्देही–४ बाट सुनिता थथेर र रुपन्देही–५ बाट खिमलाल भट्टराई उम्मेदवार टुंगिएको हो ।

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट दिएको थियो । तर चर्को विरोध भएपछि पार्टीको निर्णय सच्चिएको छ । ‘पार्टीले बिष्णुप्रसाद पौडेललाई रुपन्देही–२ कै उम्मेदवार बनाएको छ,’ लुम्बिनी इन्चार्ज रहेकी सचिव पद्या अर्यालले भनिन् ।


विष्णु पौडेल रुपन्देहीबाटै उम्मेदवार बन्ने भएपछि पाल्पा–२, को उम्मेदवारबारे अर्को निर्णय गर्नुपर्ने भएको छ । ‘कसलाई उम्मेदवार बनाउने भन्ने छलफल चलिरहेको छ, टुंगिएको छैन,’ अर्यालले भनिन् ।

यो क्षेत्रबाट गत चुनावमा ठाकुर गैरेले जितेका थिए ।

प्रतिक्रिया