रुपन्देही लिलाराममा साँस्कृतिक पोसाक प्रदर्शनी

खबर नागरिक

भैरहवा । सिद्धार्थनगर–८ स्थित रूपन्देही लीलाराम न्यौपाने मा.वि.मा साँस्कृतिक पोसाक प्रदर्शनी भएको छ । 

अध्ययनरत विद्यार्थीहरुमा एक अर्काको संस्कृतिबारे जानकारी गराउने विद्यार्थीहरुमा विभिन्न जात–जाती, धर्म र संस्कृतीको पहिचान र भेषभुषाको बारेमा ज्ञान प्रदान गर्न, एक अर्काको पहिचानलाई सम्मान गर्ने भावनाको विकास गर्नुका साथै सामाजिक सदभावमा वृद्धि गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । 

विद्यालयको नियमित कार्यक्रम अन्तर्गत हरेक वर्ष अंग्रेजी नयाँ वर्ष राष्ट्रिय पोशाकदिवसको दिनको मनाइदै आएको विद्यालयका प्रधानाध्यापक रुपकुमार क्षेत्रीले जानकारी दिए । अहिले दिवसको दिन जाडो विदा परेकोले दिवस अगावै प्रदर्शनी गर्न परेको छ । 

पछिल्लो समयमा नयाँ पुस्ताले विदेशी संस्कृति तथा परम्परा पूति आकर्षण गर्दा परम्परागत पहिरन, पोशाक, कला, संस्कृति, भेषभूषा तथा परम्परा बिर्सदै जान थालेकाले सो को संरक्षण गर्न विद्यालय स्तरबाटै केही गर्नुपर्छ भन्दै वार्षिक क्यालेन्डर अनुसार प्रदर्शनी आयोजना गरिएको प्रअ क्षेत्रीले भने । 

बिहानी र दिवा गरी दुई सत्रमा अध्ययनरत विद्यार्थीहरुले आ–आप्mनो तहगत रुपमा उक्त कार्यक्रममा सहभागीता जनाएका थिए । कार्यरत शिक्षक,कर्मचारीहरु पनिआ–आप्mनो सांस्कृतिक पोशाकमा सहभागी भएका थिए । तहगत विद्यार्थीहरुको आ–आप्mनो समुह बनाई मूल्यांकन समितिले उत्कृष्ट विद्यार्थी घोषणा गरी पुरस्कृत समेत गरेको थियो ।

साधारण शिक्षातर्फ बाल–विकास देखि कक्षा १२ सम्म नेपाली तथा अंग्रेजीदुबै माध्यम र प्राविधिकतर्फ सिटिइभिटिको ३ वर्षे डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ्ग र प्रि–डिप्लोमा इन आइटिकार्यक्रम सञ्चालन गरिरहेको विद्यालयमा हाल दुई हजार २ सय बढी विद्यार्थीहरु अध्ययनरत छन भने  ७४ जनाशिक्षक कर्मचारीहरु कार्यरत रहेका छन् ।

विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्दा सबै खुसी हुने र आफ्नो भेषभूषा पहिरनका बारेमा पनि बुझ्ने अवसर पाउनुका साथै प्रोत्साहित पनि हुने विद्यालयले जनाएको छ । 


प्रतिक्रिया