भैरहवा । नेपाल महिला सङ्घ समन्वय समिति क्षेत्र नम्बर ३ को आयोजनामा नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ३ को महिलाभेला शनिबार सम्पन्न भएको छ। कार्यक्रममा पूर्व गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतित्यथा तथा महिला समन्वय समितिका संयोजक रमा अर्यालको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो ।
समिति संयोजक रमा अर्यालका अनुसार भेलाले आउँदो फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने लक्ष्य लिएको छ। उनले भेलामा पार्टीका विभिन्न तह र तप्काका प्रतिनिधिहरू, महिला, ज्येष्ठ नागरिक, युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको बताइन । उनले महिला शक्ति सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै त्यसको प्रभावकारी परिचालनमार्फत कांग्रेसको विजय सुनिश्चित हुने विश्वास व्यक्त गरीन।
यसैगरी, महिला समिति सदस्य पल्लवी न्यौपानेले क्षेत्र नम्बर ३ का उम्मेदवारलाई विजयी गराउने उद्देश्यले भेलाको आयोजना गरिएको बताउँदै महिला सहभागिता सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरिन।
नेपाल महिला सङ्घ २००३ सालमा स्थापना भएको पार्टीको सबैभन्दा पुरानो भातृ संस्था भएको उल्लेख गर्दै, सङ्घले महिला दिवस लगायत सामाजिक उत्तरदायित्वसम्बन्धी विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको उनको भनाई थियो।
साथै, आगामी वैशाखमा हुने महाधिवेशनलाई सफल बनाउन समेत यस प्रकारका कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरूले बताएका छन्।