रुपन्देहीमा ३ दिने मत्स्य परिकार तालिम सम्पन्न

खबर नागरिक

रुपन्देही। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ, रुपन्देहीले आयोजना गरेको ३ दिने जिल्लास्तरिय मत्स्य परिकार तालिम छपिया क्षेत्रमा सम्पन्न भएको छ। माछा सुपरजोन रुपन्देही अन्तर्गत आयोजित यस तालिममा जिल्लाभित्रका विभिन्न होटल–रेष्टुरेन्ट सञ्चालक, सेफ तथा मत्स्य उद्यमीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

स्थानीय रूपमा उत्पादन हुने माछाको उपभोग तथा मूल्य अभिवृद्धि बढाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा टिलापिया, पंगास र कार्प जातका माछाको प्रयोग गरेर २० भन्दा बढी माछाका आकर्षक परिकारहरू बनाउन सिकाइयो। सहभागीहरूलाई परिकार पकाउने सीपसँगै प्रस्तुतीकरण, सरसफाइ, पोषण मूल्य, बजार सम्भावना तथा उपभोक्ता आकर्षणबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

कार्यक्रमले स्थानीय माछा उत्पादनको प्रवद्र्धन, मत्स्य उद्यमशीलताको विकास र होटल–रेष्टुरेन्ट क्षेत्रमा गुणस्तरीय माछाजन्य परिकारको प्रयोगमा टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। सहभागीहरूले तालिमले आफ्नो व्यवसाय विस्तार र नयाँ परिकार विकासमा महत्वपूर्ण योगदान पुगेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया