रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा करिब ३७ लाख मूल्यका लत्ताकपडा बरामद

खबर नागरिक

भैरहवा, माघ ११ । सशस्त्र प्रहरी बल नेपालले रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–९, बासगढीबाट अवैध रुपमा लुकाइछिपाइ राखिएका विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. रुपन्देहीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक मनोज गुरुङको कमाण्डमा खटिएको १० जनाको टोलीले १० गते शनिबार बिहान ९:२५ बजे वडा कार्यालय नजिकैको कच्ची सडक छेउको झाडीमा लुकाइ राखिएको सामान फेला पारेको सशस्त्र प्रहरी २७ नं. गणका प्रवक्ता डिएसपी दुर्गा थापाले जानकारी दिए ।

बरामद गरिएका लत्ताकपडाको अनुमानित मूल्य ३७ लाख २५  हजार दुई सय  बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा दाखिला गरिएको छ।

सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी तथा गस्तीलाई थप कडाइ गरिएको जनाएको छ।


प्रतिक्रिया